2 hours ago
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ ।
मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो ।
काठमाडौंका लागि सोनु देवकोटाले ४८ बल खेल्दै सर्वाधिक ४० रन जोडे । जभ्याङ लामा ५५ बलमा २८ र प्रशिद्ध जैसी ४० बलमा १९ रन बनाए ।
ललितपुरका लागि सूर्य तामाङले ३, रोनिम तिवारी र नन्दनले समान २ विकेट लिए ।
त्यसअघि मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो ।
ललितपुरका लागि आदिल खानले ७७ बलमा सर्वाधिक ६२ रन जोडे । प्लेयर अफ द म्याच भएका नन्दन यादवले ८० बलमा ५४ रन बनाए । विवेक रानामगरले ४८ बलमा २९ रन थपे ।
काठमाडौंका लागि कप्तान प्रतिश जिसीले १० ओभरमा ६० रन खर्चिएर ५ विकेट लिए । सोनु देवकोटाले २ र निश्चल श्रेष्ठले १ विकेट लिए ।
उता, चितवनमा भएको अर्को खेलमा मकवानपुर जिल्लाले चितवनलाई ७१ रन हरायो ।
१ सय ४४ रनको लक्ष्य पछ्याएको चितवन ३१.४ ओभरमा ७२ रनमै समेटियो । चितवन प्रतिक श्रेष्ठले १४, रोशन झाले १२ र विकलकुमार गुप्ताले ११ रन बनाए ।
मकवापुरका लागि साकार गजुरेलले ३, असिम श्रेष्ठ र खेलको प्लेयर अफ द म्याच भएका रिजन ढकालले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मकवानपुर ४८.५ ओभरमा १ सय ४३ र बनायो । मकवानपुरका सुमन सुनारले सर्वाधिक ४९ रन जोडे । गौरव खड्काले १९ र तक्षक सिम्खडाले १४ रन बनाए ।
चितवनका लागि दिपेश श्रेष्ठले ४, विशाल खत्रीले २ र प्रशान्त महतले १ विकेट लिए ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]