2 hours ago
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ ।
समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो ।
बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान नजमुल हसन शान्तोले सर्वाधिक ७७ रन जोडे । उनले १ सय १० बलमा ९ चौका प्रहार गरे । जाकिर अलि ५५ बलमा ४५ तथा रिशाद होसनैन २६ रन बनाए ।
ओपनर तान्जिद हसन २४ तथा तस्किन अहमद १० रनमा आउट भए । न्युजिल्याण्डका लागि माइकल ब्रेसवेलले ४, विल ओरोकले २ तथा कायल जेमिन्सन र म्याट हेनरीले समान १ विकेट लिए ।
न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ ।
पहिलो खेलमा भारतसँग पराजित बंगलादेशलाई फाइनल सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने हुन्छ । यो खेलमा पराजित भएमा बंगलादेश प्रतियोगिताबाट १ खेल अगावै बाहिरिने छ । बंगलादेश पराजित भएमा पाकिस्तान पनि समूह चरणबाटै बाहिरिने छ ।
यसअघि सन् २०१७ मा कार्डिफमा भएको च्याम्पियन्स ट्रफीमा बंगलादेशले न्युजिल्याण्डलाई हराएको थियो । प्रतियोगिताको हेड टु हेड रेकर्ड १-१ को बराबरीमा छ ।
न्युजिल्याण्डले २०१५ यता बंगलादेशसँग २१ खेल खेलेको छ । जसमा न्युजिल्याण्डले १७ र बंगलादेशले ३ खेल जितेको थियो । पछिल्लो ५ खेलमा ४ मा न्युजिल्याण्ड र १ मा बंगलादेश विजयी भएको थियो ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]