default_image

3 hours ago

February 24, 2025

विराटले तोडे सचिनको कीर्तिमान

1159 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् ।

कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् ।

कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय ५० इनिङमा १४ हजार ओडिआई रन बनाई कीर्तिमान बनाएका थिए ।

कोहलीले सचिनले भन्दा ६३ इनिङ कममा १४ हजार रन बनाएका हुन् । भारतले पाकिस्तानविरुद्ध २ सय ४२ रनको लक्ष्य पछ्याउने क्रममा कोहलीले यो कीर्तिमान बनाएका हुन् । कोहलीले शतक पूरा गर्दै खेल जिताएका थिए ।

कोहली एकदिवसीय क्रिकेटमा १४ हजार रन बनाउने तेस्रो ब्याट्सम्यान बनेका छन् । कोहली अघि भारतका सचिन र श्रीलंकाका कुमार संगाकारा ओडिआई क्रिकेटमा १४ हजार रन बनाएका थिए ।

समग्रमा कोहली ओडिआई क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् । भारतका सचिन १८ हजार ४ सय २६ रनका साथ शीर्ष स्थानमा छन् । श्रीलंकाका संगाकारा १४ हजार २ सय ३४ रनको साथ दोस्रो स्थानमा छन् ।

कोहलीको नाममा ओडिआई क्रिकेटमा सर्वाधिक शतक बनाउने कीतिमान पनि छ । विराट हालसम्म ओडिआई क्रिकेटमा ५१ शतक प्रहार गरिसकेका छन् । उनले सन् २०२३ को ओडिआई विश्व कपमा सचिनको ४९ शतकको कीर्तिमान तोडेका थिए ।

पाकिस्तानविरुद्धको खेलमा कोहलीले ओडिआई क्रिकेटमा भारतका लागि फिल्डरका रुपमा सर्वाधिक क्याच लिने कीर्तिमान समेत बनाएका थिए ।

February 24, 2025

बंगलादेशलाई हराउँदै सेमिफाइनलमा पुग्ने लक्ष्यमा न्युजिल्याण्ड

एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

Success

Thank you for your time.