4 hours ago
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ ।
युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ ।
युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ सय ४१ रनमा समेटियो ।
पाकिस्तानका लागि सउद सकिलले सर्वाधिक ६२ रन जोडे । उनले ७६ बलमा ५ चौका प्रहार गरे । सकिलले तेस्रो विकेटका लागि कप्तान मोहम्मद रिजवानसँग १ सय ४ रनको साझेदारी गरे । कप्तान रिजवानले ७७ बलमा ३ चौकाको सहयोगमा ४६ रन जोडे ।
खुसदिल साह ३९ बलमा ३८ तथा ओपनर बाबर अजाम २३ रनमा आउट भए । अर्का ओपनर इमाम उल हक १० तथा नसिम साह १४ रनमा आउट भए । शाहिन शाह अफ्रिदी रनको खाता नखोल्दै आउट हुँदा हरिस रउफले ८ रन जोडे ।
पाकिस्तानले १ सय ५१ रनमा २ विकेट गुमाएकोमा ९० रन जोड्दा बाँकी रहेको ८ विकेट गुमाएको थियो । पछिल्लो ५ ओभरमा पाकिस्तानले ३३ रन जोड्दा ३ विकेट गुमायो ।
भारतका लागि कुलदिप यादवले ३, हार्दिक पाण्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले समान १ विकेट लिए ।
पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै च्याम्पियन बनेको थियो ।
पहिलो खेलमा न्युजिल्याण्डसँग फराकिलो अन्तरले पराजित भएको पाकिस्तानले सेमिफाइनल सम्भावनालाई जीवित राख्न आजको खेलमा जित्नै पर्ने हुन्छ ।
पहिलो खेलमा बंगलादेशलई हराएको भारत यो खेल जितेर सेमिफाइनल सम्भावना बलियो बनाउँन चाहन्छ ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]