6 hours ago
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ ।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् ।
भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ ।
पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै च्याम्पियन बनेको थियो।।
पहिलो खेलमा न्युजिल्याण्डसँग फराकिलो अन्तरले पराजित भएको पाकिस्तानले सेमिफाइनल सम्भावनालाई जीवित राख्न आजको खेलमा जित्नै पर्ने हुन्छ ।
पहिलो खेलमा बंगलादेशलई हराएको भारत यो खेल जितेर सेमिफाइनल सम्भावना बलियो बनाउँन चाहन्छ ।
पाकिस्तानसँगको पछिल्लो ओडिआई भेटमा भारत विजयी भएको थियो । सन् २०२३ मा आइसिसी पुरुष क्रिकेट विश्व कपमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।
भारत र पाकिस्तानबीच भएका विश्वकप, च्याम्पियन्स ट्रफी र एसिया कपका पछिल्ला ११ ओडिआई खेलमध्ये ९ मा भारतले तथा ३ मा पाकिस्तानले जितेको थियो ।
च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबीच ५ खेल भएका छन् । जसमा पाकिस्तानले सन् २०१७ को फाइनलसहित ३ खेलमा जितेको थियो ।
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]
February 22, 2025
एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]