default_image

6 hours ago

February 22, 2025

इंग्लिसको शतकमा अस्ट्रेलियासँग इङ्ग्ल्याण्डको हार

1119 views

0 Bookmark

एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ ।

समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो ।

छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको पछिल्लो ६ खेलमा अस्ट्रेलियाले जितेको थिएन ।

३ सय ५२ रनको विशाल लक्ष्य अस्ट्रेलियाले ४७.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको जितमा इंग्लिसले नट आउट रहँदै सर्वाधिक १ सय २० रन जोडे । उनले ८६ बलमा ८ चौका र ६ छक्का प्रहार गरे ।

ओडिआई करियरको पहिलो शतक इंग्लिसले ७७ बलमा पूरा गरे । अस्ट्रेलियाले २७ रन जोड्दा २ विकेट गुमाएर खराब सुरुवात गरेको थियो ।

अस्ट्रेलियाको तेस्रो विकेटका लागि माथ्यु शर्ट र मार्नुस लाबुशेनले ९५ रनको साझेदारी गरे । ओपनर शर्टले ६६ बलमा ९ चौका र १ छक्काको सहयोगमा ६३ रन जोडे ।

लाबुशेन ४५ बलमा ५ चौकाको सहयोगमा ४७ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान स्टिभ स्मिथ ५ रनमा आउट भए ।

पाँचौ विकेटका लागि इंग्लिस र एलेक्स केरीले १ सय ४६ रनको महत्वपूर्ण साझेदारी गरे । केरीले ६३ बलमा ८ चौकाको सहयोगमा ६९ रन बनाए ।

ग्लेन म्याक्सवेल १५ बलमा ३२ रनमा नट आउट रहँदा ओपनर ट्राभिस हेड ५ रनमा आउट भए ।

इङ्ग्ल्याण्डका लागि आदिल राशिद, मार्क वुड, बायडेन कार्स, लियम लिभिङ्स्टोन र जोफ्रा आर्चरले समान १ विकेट लिए ।

त्यसअघि पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार गर्यो ।

इङ्ग्ल्याण्डका ओपनर बेन डकेटले नट आउट रहँदै सर्वाधिक १ सय ६५ रन जोडे । उनले १ सय ४३ बलमा १७ चौका र ३ छक्का प्रहार गरे । डकेटले च्याम्पियन्स ट्रफीको इतिहासमा व्यक्तिगत सर्वाधिक रन बनाए ।

उनले यसअघि २००४ को च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डका नाथन एस्टलले बनाएको कीर्तिमान तोडेका हुन् । नाथनले अमेरिकाविरुद्धको खेलमा नट आउट १ सय ४५ रन बनाएका थिए ।

जो रुटले ७८ बलमा ४ चौकाको सहयोगमा ६८ रनको अर्धशतकीय इनिङ खेले । कप्तान जोस बटलर २३, जेमी स्मिथ १५, लियम लिभिङ्स्टोन १४ रन बनाए । जोफ्रा आर्चर २१ रनमा नट आउट रहँदा बायडेन कार्सले ८ रन जोडे ।

अस्ट्रेलियाका लागि बेन ड्वारशुइसले ३, मार्नुस लाबुशेन र एडम जाम्पाले समान २ तथा ग्लेन म्याक्सवेलले १ विकेट लिए । जितसँगै अस्ट्रेलिया पहिलो खेलमा जितका साथ दोस्रो स्थानमा छ । पराजित इङ्ग्ल्याण्ड भने अंक बिहिन रहेको छ । यस समूहमा रन रेटका आधारमा दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । च्याम्पियन्स ट्रफीमा सोमवार युएईमा भारत र पाकिस्तानबीच खेल हुदैछ ।

दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् ।

अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल फागुन २५ गते (९ मार्च) हुनेछ ।

February 22, 2025

कैलाली प्रिमियर लिग – भिमदत्त र त्रिवेणी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ । १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए […]

February 22, 2025

डकेटको कीर्तिमानी शतकमा अस्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर बेन डकेटको कीर्तिमानी शतकसँगै च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ । समूह ‘बी’ को जारी खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डबाट ३ सय ५२ रनको विशाल लक्ष्य पाएको हो । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार […]

February 22, 2025

प्रधानमन्त्री कप भक्तपुर जिल्ला छनोटमा बिएमसिए च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – भक्तपुर मुनिसिपल क्रिकेट एसोसिएसन (बिएमसिए) ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको लागि भक्तपुर जिल्ला छनोट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी मैदानमा शनिवार फाइनलमा बिएमसिएले भक्तपुर क्रिकेट सेन्टर(बिसिसी) लाई ७ विकेटले पराजित गर्यो । १ सय १६ रनको लक्ष्य बिएमसिएले २०.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बिएमसिएका गौरव पौडेलले नट […]

Success

Thank you for your time.