8 hours ago
February 22, 2025
एजेन्सी – ओपनर बेन डकेटको कीर्तिमानी शतकसँगै च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ ।
समूह ‘बी’ को जारी खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डबाट ३ सय ५२ रनको विशाल लक्ष्य पाएको हो ।
पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार गर्यो ।
इङ्ग्ल्याण्डका ओपनर डकेटले रहँदै सर्वाधिक १ सय ६५ रन जोडे । उनले १ सय ४३ बलमा १७ चौका र ३ छक्का प्रहार गरे । डकेटले च्याम्पियन्स ट्रफीको इतिहासमा व्यक्तिगत सर्वाधिक रन बनाए ।
उनले यसअघि २००४ को च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डका नाथन एस्टलले बनाएको कीर्तिमान तोडेका हुन् । नाथनले अमेरिकाविरुद्धको खेलमा नट आउट १ सय ४५ रन बनाएका थिए ।
जो रुटले ७८ बलमा ४ चौकाको सहयोगमा ६८ रनको अर्धशतकीय इनिङ खेले । कप्तान जोस बटलर २३, जेमी स्मिथ १५, लियम लिभिङ्स्टोन १४ रन बनाए । जोफ्रा आर्चर २१ रनमा नट आउट रहँदा बायडेन कार्सले ८ रन जोडे ।
अस्ट्रेलियाका लागि बेन ड्वारशुइसले ३, मार्नुस लाबुशेन र एडम जाम्पाले समान २ तथा ग्लेन म्याक्सवेलले १ विकेट लिए ।
यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ ।
February 22, 2025
एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]
February 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ । १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए […]
February 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – भक्तपुर मुनिसिपल क्रिकेट एसोसिएसन (बिएमसिए) ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको लागि भक्तपुर जिल्ला छनोट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी मैदानमा शनिवार फाइनलमा बिएमसिएले भक्तपुर क्रिकेट सेन्टर(बिसिसी) लाई ७ विकेटले पराजित गर्यो । १ सय १६ रनको लक्ष्य बिएमसिएले २०.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बिएमसिएका गौरव पौडेलले नट […]