8 hours ago
February 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – भक्तपुर मुनिसिपल क्रिकेट एसोसिएसन (बिएमसिए) ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको लागि भक्तपुर जिल्ला छनोट प्रतियोगिताको उपाधि जितेको छ ।
मुलपानी मैदानमा शनिवार फाइनलमा बिएमसिएले भक्तपुर क्रिकेट सेन्टर(बिसिसी) लाई ७ विकेटले पराजित गर्यो । १ सय १६ रनको लक्ष्य बिएमसिएले २०.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
बिएमसिएका गौरव पौडेलले नट आउट रहँदै सर्वाधिक ४९ रन जोडे । उनले ५३ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
शौरभ साखाकर्मीले १७ रनमा आउट हुँदा विशाल देवकोटाले नट आउट २६ रन बनाए । बिसिसीका लागि लोकेश पालले २ तथा त्रिशन चौलागाईले १ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बिसिसी ३५.२ ओभरमा १ सय १५ रनमा समेटिएको थियो । बिसिसीका लागि दिपेन श्रेष्ठले सर्वाधिक ३४ रन जोडे । अभिषेक बस्नेतले १८ र समर्पण अधिकारीले १७ रन बनाए ।
बिएमसिएका लागि प्लेयर अफ द फाइनल समेत भएका सागर घिमिरेले ६ ओभरमा ४ मेडन ओभर गर्दै ४ रन मात्र खर्चिएर ३ विकेट लिए ।
सक्रिय प्रताप कार्कीले २ तथा धिरेन्द्र कुमार बस्नेत, मनिष श्रेष्ठ, शशांक दवाडी र सार्थक न्यौपानेले समान १ विकेट लिए ।
बिसिसीका विनोद तामाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, हिमालय स्पोर्ट्स म्यानेजमेन्टका सुमन हुमागाईं उत्कृष्ट बलर र जनप्रेमी स्पोर्ट्स क्लबका आकाश कुमार शाह उत्कृष्ट ब्याटर घोषित भए ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का तथा भक्तपुर क्रिकेट संघका अध्यक्ष मनिषराज पाण्डे लगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा जिल्लाका १२ टोलीको सहभागिता थियो।
February 22, 2025
एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]
February 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ । १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए […]
February 22, 2025
एजेन्सी – ओपनर बेन डकेटको कीर्तिमानी शतकसँगै च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ । समूह ‘बी’ को जारी खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डबाट ३ सय ५२ रनको विशाल लक्ष्य पाएको हो । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार […]