7 hours ago
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका सदस्य अनिल साह मधेश प्रदेश पुरुष क्रिकेट टोलीको कप्तानका रुपमा नियुक्त भएका छन् ।
मधेश प्रदेश क्रिकेट संघको शनिवारको बैठकले अनिललाई पुरुष टोलीको कप्तानको जिम्मेवारी दिने निर्णय गरेको छ । यसअघि मधेशका कप्तान रहेका हरिशंकर साहलाई विश्राम दिदै अनिललाई सो जिम्मेवारी दिइएको बताइएको छ।
मधेश प्रदेशको महिला टोलीको कप्तानको जिम्मेवारी भने पूजा महतोलाई दिने निर्णय भएको छ। प्रदेश स्तरिय प्रधानमन्त्री कप छनोट प्रतियोगिता फागुन १६ गते देखि पर्सा जिल्लामा गर्ने निर्णय गरेको छ ।
प्रदेशको टोली छनोटका लागि विकास दली र सुभास यादवलाई जिम्मेवारी दिईएको छ । राष्ट्रिय टोलीका पूर्व छनोटकर्ता दीपेन्द्र चौधरीलाई क्रिकेट एक्सपर्टको रुपमा नियुक्त गरिएको छ ।
जय ट्रफीको सफलतापुर्वक आयोजना गरेकोमा पर्सा जिल्ला क्रिकेट संघ र धनुषा जिल्ला क्रिकेट संघलाई समेत बैठकले धन्यवाद दिएको बताइएको छ ।
February 22, 2025
एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]
February 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ । १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए […]
February 22, 2025
एजेन्सी – ओपनर बेन डकेटको कीर्तिमानी शतकसँगै च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ । समूह ‘बी’ को जारी खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डबाट ३ सय ५२ रनको विशाल लक्ष्य पाएको हो । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार […]