10 hours ago
February 22, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को पहिलो राउन्डको अन्तिम खेलमा अस्ट्रेलिया र इङ्ग्ल्याण्ड भिड्दै छन् ।
पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ ।
यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ ।
अस्ट्रेलिया सन् २००६ को पाँचौ , २००९ को छैठौं संस्करणको च्याम्पियन हो । तर, च्याम्पियन्स ट्रफीको पछिल्लो २ संस्करणमा अस्ट्रेलियाले कुनै जित हात पार्न सकेको छैन । इङ्ग्ल्याण्डलाई पराजित गर्दै हारको शृङ्खला तोड्ने लक्ष्यमा अस्ट्रेलिया रहेको छ ।
इङ्ग्ल्याण्ड २००४ र २०१३ संस्करणमा उप विजेता बनेको थियो । यो संस्करणमा च्याम्पियन बन्ने लक्ष्यका साथ इङ्ग्ल्याण्ड मैदान उत्रने छ ।
अस्ट्रेलियाले ट्रेभिस हेड र एडम जाम्पाजस्ता खेलाडीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ । इंङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चर र कप्तान जोस बटलरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको छ ।
दुवै टोलीको पछिल्लो प्रदर्शन
आइसिसी पुरुष क्रिकेट विश्व कप विजेता अस्ट्रेलियाले पछिल्लो समय ओडिआई क्रिकेटमा केही हदसम्म अनपेक्षित प्रदर्शन गर्दै आएको छ । अस्ट्रेलिया पछिल्ला दुई ओडिआई सिरिजमा पाकिस्तान र श्रीलंकासँग हारेको छ ।
पछिल्लो ५ ओडिआईमा अस्ट्रेलिया ४ खेलमा पराजित हुँदा १ मा विजयी भएको छ ।
इङ्ग्ल्याण्ड पनि यस्तै स्थितीमा छ । उसले पनि पछिल्ला ५ मध्ये ४ मा हार र १ मा जित हात पारेको थियो । गत वर्ष इङ्ग्ल्याण्डमा यी दुई प्रतिद्वन्द्वीबीच भेट हुँदा अस्ट्रेलियाले ५ खेलको सिरिज ३-२ ले जितेको थियो ।
प्लेयर्स टु वाच
ट्रेविस हेड(अस्ट्रेलिया)
सन् २०२३ मा अस्ट्रेलियाको आइसिसी पुरुष क्रिकेट विश्व कपमा हेडले सेमिफाइनलमा दक्षिण अफ्रिका र फाइनलमा भारतविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । जारी प्रतियोगितामा पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा पनि यस्तै भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
हेडले कोलम्बोमा श्रीलंकाविरुद्धको २ खेलमा १८ रन मात्र बनाएका थिए । तर, हेडले गत वर्ष सेप्टेम्बरमा इङ्ग्ल्याण्डमा भएको चार खेलको ओडिआई सिरिजमा ८२ को औसतमा रन बनाएका थिए ।
आदिल राशिद(इङ्ग्ल्याण्ड)
गत वर्ष अलराउन्डर मोइन अलीले सन्यास लिएपछि इङ्ल्यान्डको स्पिन आक्रमणको नेतृत्व राशिदले गरिरहेका छन् । अलराउन्डर जेकब बेथेल चोटका कारण प्रतियोगिताबाट बाहिरिए पछि लियाम लिभिङस्टोन र जो रुट मात्र राशिदका लागि स्पिन पार्टनरका रूपमा रहेका छन् ।
अस्ट्रेलियाको टिम
स्टिभ स्मिथ (कप्तान), सिन एबोट, एलेक्स केरी, बेन ड्वारशुइस, नाथन एलिस, जेक फ्रेजर म्याकगर्क, आरोन हार्डी, ट्रेभिस हेड, जोस इङ्ग्लिस, स्पेन्सर जोनसन, मार्नस लाबुशेन, ग्लेन म्याक्सवेल, तनवीर सघा, म्याथ्यू शर्ट र एडम जाम्पा ।
इङ्ग्ल्याण्डको टिम
जोस बटलर (कप्तान), जोफ्रा आर्चर, गस एटकिन्सन, टम ब्यान्टन, ह्यारी ब्रुक, ब्रायडन कार्से, बेन डकेट, जेमी ओभरटन, जेमी स्मिथ, लियाम लिभिङस्टोन, आदिल राशिद, जो रुट, साकिब महमुद, फिल साल्ट र मार्क वुड ।
दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् ।
अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल फागुन २५ गते (९ मार्च) हुनेछ ।
February 22, 2025
एजेन्सी – ओपनर बेन डकेटको कीर्तिमानी शतकसँगै च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ । समूह ‘बी’ को जारी खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डबाट ३ सय ५२ रनको विशाल लक्ष्य पाएको हो । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार […]
February 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – भक्तपुर मुनिसिपल क्रिकेट एसोसिएसन (बिएमसिए) ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको लागि भक्तपुर जिल्ला छनोट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी मैदानमा शनिवार फाइनलमा बिएमसिएले भक्तपुर क्रिकेट सेन्टर(बिसिसी) लाई ७ विकेटले पराजित गर्यो । १ सय १६ रनको लक्ष्य बिएमसिएले २०.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बिएमसिएका गौरव पौडेलले नट […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका सदस्य अनिल साह मधेश प्रदेश पुरुष क्रिकेट टोलीको कप्तानका रुपमा नियुक्त भएका छन् । मधेश प्रदेश क्रिकेट संघको शनिवारको बैठकले अनिललाई पुरुष टोलीको कप्तानको जिम्मेवारी दिने निर्णय गरेको छ । यसअघि मधेशका कप्तान रहेका हरिशंकर साहलाई विश्राम दिदै अनिललाई सो जिम्मेवारी दिइएको बताइएको छ। मधेश प्रदेशको महिला टोलीको कप्तानको […]