15 hours ago
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ ।
समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो ।
अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० रन जोडे । उनले ९२ बलमा ९ चौका र १ छक्का प्रहार गरे । राशिद खान र अजमतुल्लाह उमरजाइ समान १८ तथा गुलबदी नैब १३ रनमा आउट भए ।
दक्षिण अफ्रिकाका कागिसो रबडाले ३, वइन मुल्दार, लुंगि एन्गिडीले समान २ , मार्को यानसन र केशव महाराजले समान १ विकेट लिए ।
त्यसअघि पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका रिकल्टनले सर्वाधिक १ सय ३ रन जोडे । रिकल्टनले १ सय ६ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । उनले ओडिआई करियरको पहिलो शतक १ सय १ बलमा पूरा गरे ।
एडेन माक्ररमले ३६ बलमा ६ चौका र १ छक्काको सहयोगमा नट आउट ५२ रन जोडे । कप्तान टेम्बा बमुभाले ७६ बलमा ५ चौकाको सहयोगमा ५८ बनाए ।
राशी भान डर डुसेनले ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे । डेबिड मिलर १४, टोनी डि जोर्जी ११ रन बनाए भने मार्को यानसन रनको खाता नखोली आउट भए ।
अफगानिस्तानका लागि मोहम्मद नाबिले २, फैजल हक फारुकी, नुर अहमद र अजमतुल्लाह उमरजाईले समान १ विकेट लिए ।
जितसँगै २ अंकका साथ दक्षिण अफ्रिका समूह ‘बी’ को शीर्ष स्थानमा छ । अफगानिस्तान अंकविहिन छ । शनिवार समूह ‘बी’ मा अस्ट्रेलिया र इङ्ग्ल्याण्डबीच खेल हुनेछ ।
दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् ।
अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल फागुन २५ गते (९ मार्च) हुनेछ ।
भारत फाइनल पुगेमा त्यो खेल युएईमा हुनेछ । त्यसबाहेकको अवस्थामा फाइनल पाकिस्तानमा हुनेछ ।
February 22, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को पहिलो राउन्डको अन्तिम खेलमा अस्ट्रेलिया र इङ्ग्ल्याण्ड भिड्दै छन् । पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण […]
February 21, 2025
एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]
February 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]