default_image

19 hours ago

February 21, 2025

पिएम कपको सबै खेल पहिलो पटक उपत्यका बाहिर,खेल तालिका सार्वजनिक

795 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ ।

क्यानले गत संस्करणका ११ खेललाई रुपन्देहीको सिद्धार्थ रंगशालामा गर्दै पहिलो पटक पिएम कपका खेल उपत्यका बाहिर आयोजना गरेको थियो । यो संस्करणमा भने पिएम कपका सबै खेल उपत्यका बाहिर हुनेछन् ।

प्रतियोगिता फागुन २५ देखि चैत १६ सम्म राउण्ड रोबिनका आधारमा संचालन हुनेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता रहने छ । प्रतियोगितामा ४६ खेल हुनेछन् ।

लिग चरणमा सबै टोलीले एक आपसमा खेलेपछि शीर्ष २ टोलीका बीच फाइनल खेल हुनेछ । फाइनल चैत १६ गते सिद्धार्थ रंगशालामा हुनेछ । सिद्धार्थ रंगशालामा १७, एक्स्ट्राटेकमा १५ तथा दाङको लमहीमा १४ खेल हुनेछन् ।

पहिलो दिन कोशी र लुम्बिनी , बागमती र एपिएफ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशबिच प्रतिस्पर्धा हुनेछ।

खेल तालिका

February 22, 2025

च्याम्पियन्स ट्रफी – इङ्ग्ल्याण्ड र अस्ट्रेलिया विजयी सुरुआतको खोजीमा

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को पहिलो राउन्डको अन्तिम खेलमा अस्ट्रेलिया र इङ्ग्ल्याण्ड भिड्दै छन् । पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुदैछ । यस समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपुर्ण […]

February 21, 2025

दक्षिण अफ्रिकाको विजयी सुरुवात

एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]

February 21, 2025

रिकल्टनको शतकमा अफगानिस्तानलाई बलियो लक्ष्य

एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]

Success

Thank you for your time.