1 month ago
February 21, 2025
एजेन्सी – अफगानिस्तानले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकासँग खेल्दै च्याम्पियन्स ट्रफीमा आज डेब्यु गर्दैछ। त्यसैले अफगानिस्तानका लागि पहिलो खेल कठिन हुन सक्छ।
पाकिस्तानको कराँचीस्थित नेसनल बैंक क्रिकेट स्टेडियम मा खेल नेपली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ।
एसियाली टोली अफगानिस्तान हाल सेतो बल क्रिकेटमा उत्कृष्ट लयमा देखिएको छ। उसले पछिल्ला चार सिरिजमा आयरल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, र जिम्बाब्वेलाई पराजित गरेको थियो।
यद्यपि अफगानिस्तानले यो वर्ष अहिलेसम्म कुनै एकदिवसीय खेल खेलेको छैन। तर सन् २०२३ को आइसिसी पुरुष क्रिकेट विश्वकप र २०२४ को आइसिसी पुरुष टि ट्वान्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको आत्मविश्वास उसँग छ।
२०२३ को पुरुष क्रिकेट विश्वकपमा सेमिफाइनल पुगे यता दक्षिण अफ्रिकाको ५० ओभरको क्रिकेटमा प्रदर्शन अलि अस्थिर देखिएको छ। पाकिस्तानमा खेलेका पछिल्ला खेलहरूले उनीहरूलाई च्याम्पियन्स ट्रफीका लागि आत्मविश्वास बढाउने आशा गरिएको छ।
आजको खेलमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाई प्रमुख मान्न सकिन्छ। उनी २०२४ को पुरुष एकदिवसीय वर्ष खेलाडी घोषित भएका थिए। उनले विश्वकपमा उनले ३ सय ५३ रन बनाउनुका साथै ९ विकेट लिएका थिए। जसले अफगानिस्तानलाई ठूला जित समेत दिलाएको थियो।
नवीन-उल-हक अनुपस्थित रहँदा अफगानिस्तानको बलिङमा ओमरजाईको भूमिकामा थप जिम्मेवारी रहनेछ।
दक्षिण अफ्रिकाको लागि टेम्बा बावुमाको प्रदर्शन अब्बल रहन सक्छ। दक्षिण अफ्रिकी कप्तान टेम्बा राम्रो लयमा छन्। उनले हालै कराचीमा पाकिस्तानविरुद्ध त्रिकोणात्मक सिरिजमा ८२ रनको इनिङ्स खेलेका थिए।
यदि बावुमाले दक्षिण अफ्रिकालाई राम्रो सुरुवात दिलाउन सकेको खण्डमा टोलीको मध्यक्रमका पावर हिटरहरूले ठूलो योगफल तयार पार्न सक्छन्।
अफगानिस्तानका कप्तान हश्मतुल्लाह शाहिदीले च्याम्पियन्स ट्रफीमा आफ्नो स्थानबारे भइरहेको विवादलाई बेवास्ता गर्दै खेलमा मात्र ध्यान केन्द्रित गर्ने बताएका छन्।
अफगानिस्तानमा तालिबानद्वारा महिलाको अधिकारमाथि गरिएको हमलाका कारण अन्य तीन टोलीहरूअष्ट्रेलिया, इंग्ल्याण्ड, र दक्षिण अफ्रिकालाई अफगानिस्तानविरुद्ध खेल बहिष्कार गर्न आग्रह गरिएको थियो।
‘हामीले खेल मैदानभित्रका कुराहरू मात्र नियन्त्रण गर्न सक्छौं, शाहिदीले भने, ‘हाम्रो काम क्रिकेट खेल्नु हो, बाहिर के हुँदैछ भन्ने कुराले हामीलाई दबाबमा पार्दैन।’ साथै उनले आफ्नो टिम जितको लागि आएको पनि स्पष्ट पारे।
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]