2 days ago
February 20, 2025
एजेन्सी – आइसिसी च्याम्यिन्स ट्रफीको दोस्रो खेलमा साविक उप विजेता भारतले बंगलादेशको सामना गर्दै छ ।
युएईको दुवई क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहीवार दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा गएर खेल्न अस्विकार गरेसँगै हाइब्रिड मोडलमा उसका सबै खेल युएईमा आयोजना हुने भएको हो ।
भारत पुरुष ओडिआई क्रिकेट विश्व कपको पछिल्लो संस्करणको फाइनलमा पुगेको थियो । गत वर्षको आइसिसी पुरुष टी–२० विश्व कपको विजेता भारत पछिल्लो संस्करणको आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग पराजित भएको थियो ।
हालसम्म भएका नवौं संस्करण खेलेको भारतले यसअघि सन् २००२ मा भएको प्रतियोगितामा श्रीलंकासँग उपाधि बाडेको थियो । भारतले २०१३ मा घरेलु टाेली इङ्ग्ल्याण्डलाई हराउँदै उपाधि जितेको थियो ।
बंगलादेशले हालसम्म ६ संस्करणको च्याम्पियन्स ट्रफीमा सहभागिता जनाएको छ । २०१७ मा भएको पछिल्लो संस्करणको च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुग्नु नै बंगलादेशको ठूलो उपलब्धी हो । पछिल्लो संस्करणको सेमिफाइनलमा बंगलादेश भारतसँग नै पराजित भएको थियो ।
दुवै देशकाे पछिल्लो प्रदर्शन
भारतले हालै सम्पन्न ओडिआई सिरिजमा पाहुना टोली इङ्ग्ल्याण्डलाई ३-० ले पराजित गरेको थियो । भारतले पछिल्लो ५ ओडिआई खेलमा ३ मा जित हासिल गरेको छ ।
बंगलादेशले डिसेम्बरमा वेस्ट इन्डिज भ्रमण पछि कुनै पनि क्रिकेट खेलेको छैन । ३ खेलको ओडिआई सिरिजमा बंगलादेश ३-० ले पराजित भएको थियो । बंगलादेश गत नोभेम्बरमा युएईमा नै भएको ओडिआई सिरिजमा अफगानिस्तानसँग २-१ ले पराजित भएको थियो ।
बंगलादेशले २००४ पछि पहिलो पटक आइसिसीको प्रतियोगितामा साकिब अल हसन बिना खेल्न लागेको छ । भारत र बंगलादेशले अन्तिम पटक सन् २०१८ मा दुबईमा ओडिआई खेलेका थिए । एसिया कपको फाइनलमा भएको भेटमा भारत ३ विकेटले विजयी भएको थियो ।
च्याम्पियन्स ट्रफीको पहिलो खेलमा बुधवार न्युजिल्यान्डले आयोजक पाकिस्तानलाई ६० रनले हराएको थियो।
भारतको टोली
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, ऋषभ पन्त, हार्दिक पान्ड्या, अक्षर पटेल, वशिंगटन सुंदर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद शामी, अर्शदीप सिंह, रविन्द्र जडेजा, वरुण चक्रवर्ती।
बंगलादेशको टोली
नजमुल हुसेन शान्तो (कप्तान), सौम्य सरकार, तन्जीद हसन, तौहिद हृदय, मुश्फिकुर रहीम, महमुदुल्लाह, जाकर अली, मेहदी हसन मिराज, रिशाद हुसैन, तस्किन अहमद, मुस्ताफिजुर रहमान, परवेज हुसैन, नासुम अहमद, तन्जीम हसन साकिब र नाहिद राना ।
दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् ।
अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी’ मा छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल फागुन २५ गते (९ मार्च) हुनेछ ।
February 21, 2025
एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]
February 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]
February 21, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आफ्नो डेब्यु खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध टस हारेको छ । पाकिस्तानको कराँचीमा रहेको नेशनल बैंक क्रिकेट स्टेडियममा दक्षिण अफ्रिकाका कप्तान टेम्बा बमुभाले टस जितेर ब्याटिङ रोजेका हुन् । सन् २०२३ को आइसिसी पुरुष क्रिकेट विश्वकप र २०२४ को आइसिसी पुरुष टि ट्वान्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको आत्मविश्वास अफगानिस्तानसँग छ। २०२३ को […]