2 days ago
February 19, 2025
एजेन्सी – ओपनर विल योङ र टोम लाथमको शतक प्रेरित न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानलाई ३ सय २१ रनको लक्ष्य दिएको छ ।
पाकिस्तानको कराँचीस्थित नेशनल क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २० रनको बलियो योगफल तयार गरेको हो ।
न्युजिल्याण्डका लागि लाथमले नट आउट रहँदै सर्वाधिक १ सय १८ रन जोडे । उनले १ सय ४ बलको सामना गर्दै १० चौका र ३ छक्का प्रहार गरे । ओडिआई करियरको आठौं शतक लाथमले ९५ बलमा पूरा गरे ।
योङले १ सय १३ बलमा १२ चौका र १ छक्काको सहयोगमा १ सय ७ रन जोडे । ओडिआई करियरको चौथो शतक योङले १ सय ७ बलमा पूरा गरे । पाँचौ विकेटका लागि लाथम र ग्लेन फिलिप्सले १ सय २५ रनको शतकीय साझेदारी गरे ।
फिलिप्सले ३९ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय इनिङ खेले । डेभेन कन्वे र ड्यारिल मिचेलले समान १० रन जोड्दा केन विलियम्स १ रनमा आउट भए ।
पाकिस्तानका लागि नशिम साहले २, अबरार अहमद र हरिस रउफले समान १ विकेट लिए ।
च्याम्पियन्स ट्रफी खेल्न भारतीय टोली पाकिस्तान नजाने भए पछि प्रतियोगितामा भारतले आफ्नो सबै खेल युएईमा खेल्नेछ ।
दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् ।
अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी’ मा छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल फागुन २५ गते (९ मार्च) हुनेछ ।
February 20, 2025
एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]
February 20, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेलमा बुधवार भारतले बंगलादेशविरुद्ध टस हारेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा बंगलादेशका कप्तान नजमल हुसेन शान्टोले टस जितेर भारतलाई बलिङको निम्तो दिएका हुन् । दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोलीले च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, […]
February 20, 2025
एजेन्सी – आइसिसी च्याम्यिन्स ट्रफीको दोस्रो खेलमा साविक उप विजेता भारतले बंगलादेशको सामना गर्दै छ । युएईको दुवई क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहीवार दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा गएर खेल्न अस्विकार गरेसँगै हाइब्रिड मोडलमा उसका सबै खेल युएईमा आयोजना हुने भएको हो । भारत पुरुष ओडिआई क्रिकेट विश्व कपको पछिल्लो […]