default_image

2 days ago

February 19, 2025

च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड खेल्दै

912 views

0 Bookmark

एजेन्सी – पाकिस्तान र युएईमा च्याम्पियन ट्रफी आज सुरु हुँदैछ। पहिलो खेल घरेलु टोली पाकिस्तान र न्युजिल्याण्डबीच हुनेछ ।

कराँचीस्थित नेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। साविक विजेता पाकिस्तान मोहम्मद रिजवानको कप्तानीमा पहिलो पटक आइसिसीको प्रतियोगिता खेल्दैछ ।

सन् २०१७ मा इङ्ग्ल्यान्डमा भएको पछिल्लो संस्करणमा भारतलाई १ सय ८० रनले हराउँदै पाकिस्तानले उपाधि जितेको थियो ।

दोस्रो संस्करणको विजेता न्युजिल्याण्ड मिचेल सान्टनरको कप्तानीमा मैदान उत्रनेछ । न्युजिल्याण्ड पनि सान्टनरको कप्तानीमा पहिलो पटक आइसिसीको प्रतियोगिता खेल्दैछ ।

सान्टनरको टोलीलाई २५ वर्ष पछि उपाधि जिताउँने जिम्मेवारी छ । सन् २००० मा केन्यामा भारतलाई हराउँदै न्युजिल्याण्डले च्याम्पियन बनेको थियो ।

पाकिस्तान र न्युजिल्याण्ड दुवै टोलीलाई सताएको छ । पाकिस्तानका युवा ओपनर सैयम अयुब टोली घोषणा अघि नै चोटका कारण बाहिरिएका थिए ।

चोटकै कारण न्युजिल्याण्ड लोकी फर्गुसन तथा बेन सियर्स प्रतियोगिताबाट बाहिरिएका थिए। उनीहरुको ठाँमा काइल जेमिसन र ज्याकोब डफीलाई टोलीमा समेटिएको छ ।

च्याम्पियन्स ट्रफीको पूर्वसन्ध्यामा पाकिस्तानमा भएको त्रिकोणात्मक सिरिजमा यी दुई टोली आमनेसामने भएका थिए । सान्टनरको कप्तानीमा न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहेर ट्रफी जितेको थियो ।

न्युजिल्याण्डले पाकिस्तानलाई समूह चरणमा ५ विकेट र फाइनलमा ७८ रनले पराजित गरेको थियो । यी दुई टोली सन् २०००, २००६ र २००९ को च्याम्पियन्स ट्रफीमा भएको तीनै भेटमा पाकिस्तान पराजित भएको थियो ।

२०२३ यता ओडिआई क्रिकेटमा न्युजिल्यान्ड र पाकिस्तानबिच ११ खेल भएका छन्ले। जसमा न्युजिल्यान्डले ५ र पाकिस्तानले ६ खेल जितेको छ । पछिल्ला ४ मध्ये ३ खेलमा न्युजिल्याण्ड विजयी भएको छ ।

पाकिस्तानको टोली

मोहम्मद रिजवान (कप्तान), बाबर आजम, फखर जमान, कामरान गुलाम, साउद शकील, तैयब ताहिर, फहीम अशरफ, खुशदिल शाह, सलमान अली आगा, उस्मान खान, अबरार अहमद, हारिस रउफ, मोहम्मद हसनैन, नसीम शाह, शाहीन शाह अफ्रदी ।

न्युजिल्याण्डको टोली

मिचेल सान्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभोन कोन्वे, काइल जेमिसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, विल ओरोर्के, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, नाथन स्मिथ, केन विलियमसन, विल योङ र ज्याकोब डफी ।

च्याम्पियन्स ट्रफी खेल्न भारतीय टोली पाकिस्तान नजाने भए पछि प्रतियोगिताका केही खेल युएईमा आयोजना हुनेछ । भारतले आफ्नो सबै खेल युएईमा खेल्नेछ ।

दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् ।

अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी’ मा छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल फागुन २५ गते (९ मार्च) हुनेछ ।

भारत फाइनल पुगेमा त्यो खेल युएईमा हुनेछ ।त्यसबाहेकको अवस्थामा फाइनल पाकिस्तानमा हुनेछ ।

February 20, 2025

गिलको शतकमा भारतको विजयी सुरुवात

एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको‌ हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]

February 20, 2025

च्याम्पियन्स ट्रफी – भारतले टस हार्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेलमा बुधवार भारतले बंगलादेशविरुद्ध टस हारेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा बंगलादेशका कप्तान नजमल हुसेन शान्टोले टस जितेर भारतलाई बलिङको निम्तो दिएका हुन् । दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोलीले च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, […]

February 20, 2025

भारत र बंगलादेश च्याम्पियन्स ट्रफीमा भिड्दै

एजेन्सी – आइसिसी च्याम्यिन्स ट्रफीको दोस्रो खेलमा साविक उप विजेता भारतले बंगलादेशको सामना गर्दै छ । युएईको दुवई क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहीवार दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा गएर खेल्न अस्विकार गरेसँगै हाइब्रिड मोडलमा उसका सबै खेल युएईमा आयोजना हुने भएको हो । भारत पुरुष ओडिआई क्रिकेट विश्व कपको पछिल्लो […]

Success

Thank you for your time.