2 days ago
February 18, 2025
एजेन्सी – पाकिस्तानले झन्डै तीन दशक पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को प्रतियोगिता आयोजना गर्दै छ ।
पाकिस्तानले सन् १९९६ मा ओडिआई विश्व कपपछि पहिलो पटक कुनै आइसिसीको प्रतियोगिता आयोजना गर्न लागेको हो । त्यो हो च्याम्पियन्स ट्रफी ।
साविक विजेता समेत रहेको पाकिस्तानले बुधवार सुरु हुने च्याम्पियन्स ट्रफीको आयोजना गर्न लागेको हो । केहि खेल भने युएईमा हुनेछन्।
सन् १९९६ मा ओडिआई विश्व कप पाकिस्तान, भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका थिए । त्यसपछि आइसिसीको कुनै पनि प्रतियोगिता पाकिस्तानमा भएको छैन।
च्याम्पियन्स ट्रफी खेल्न भारत पाकिस्तान नजाने भए पछि प्रतियोगिताका केही खेल भने युएईमा आयोजना हुनेछ । भारतले खेल्ने सबै खेल युएईमा हुनेछ ।
भारतमा आयोजना भएको सन् २०२३ को ओडिआई विश्व कपको शीर्ष ८ राष्ट्र च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ए मा रहेका छन् ।
अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी मा रहेका छन् । हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
दुई सेमिफाइनलको विजेता उपाधिका लागि खेल्नेछन् । यस संस्करणको च्याम्पियन्स ट्रफीको फाइनल खेल ९ मार्चमा रहेको छ ।
भारतले फाइनल खेल्ने भएमा फाइनल युएईमा हुनेछ । त्यसबाहेकको अवस्थामा फाइनल पाकिस्तानमा हुनेछ । पाकिस्तानले बुधवार न्युजिल्याण्डको सामना गर्दै प्रतियोगिता सुरुवात गर्नेछ ।
February 20, 2025
एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]
February 20, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेलमा बुधवार भारतले बंगलादेशविरुद्ध टस हारेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा बंगलादेशका कप्तान नजमल हुसेन शान्टोले टस जितेर भारतलाई बलिङको निम्तो दिएका हुन् । दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोलीले च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, […]
February 20, 2025
एजेन्सी – आइसिसी च्याम्यिन्स ट्रफीको दोस्रो खेलमा साविक उप विजेता भारतले बंगलादेशको सामना गर्दै छ । युएईको दुवई क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहीवार दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा गएर खेल्न अस्विकार गरेसँगै हाइब्रिड मोडलमा उसका सबै खेल युएईमा आयोजना हुने भएको हो । भारत पुरुष ओडिआई क्रिकेट विश्व कपको पछिल्लो […]