2 days ago
February 18, 2025
एजेन्सी – अमेरिकाले ओमानमाथि लिग टुमा ऐतिहासिक जित हासिल गरेको छ ।
अमेरिकाले मंगलवार सबैभन्दा कम लक्ष्य दिदैं खेल जित्ने कीर्तिमान बनाएको छ । अमेरिकाले ओमानलाई १ सय २३ रनको लक्ष्य दिदैं जित पनि हासिल गरेको हो । यसअघि भारतले पाकिस्तानलाई १ सय २६ रनको लक्ष्य दिदैं जितेको इतिहास रहेको थियो ।
१ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको ओमानले २५.३ ओभरमा ६५ रनमा सबै विकेट गुमायो । ओमानका लागि हमिद मिर्जाले सर्वाधिक २९ रन जोडे । मिर्जा बाहेक ओमानका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अमेरिकाका लागि नोस्तुष केन्जिगेले ७.३ ओभरमा ११ रन खर्चिएर ५ विकेट लिए । यासिर मोहम्मद र मिलान्ड कुमारले समान २ र हर्मित सिंहले १ विकेट लिए ।
त्यसअघि ओमानको मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका ३५.३ ओभरमा १ सय २२ रनमा समेटियो । टोलीका मिलान्ड कुमारले नट आउट रहँदै सर्वाधिक ४७ रन जोडे ।
आरोन जोन्स र संजय कृष्णमुर्तीले समान १६, आन्द्रेश गौसले १४ तथा हर्मित सिंहले १० रन जोडे । अमेरिकाका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जितसँगै अमेरिका १६ खेलमा २२ अंकका साथ शीर्ष स्थानमा छ । ओमान समान खेलमा १८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल १२ खेलमा ६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
विश्व कप लिग टु सिरिज २०२३ देखि २०२७ सम्म जारी रहनेछ । लिगमा ८ टोली सहभागी लिगको शिर्ष ४ टोली विश्व कप छनोटमा सिधै स्थान बनाउँदा ४ टोली विश्व कप छनोटका लागि प्लेअफमा स्थान बनाउँने छन् ।
February 20, 2025
एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]
February 20, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेलमा बुधवार भारतले बंगलादेशविरुद्ध टस हारेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा बंगलादेशका कप्तान नजमल हुसेन शान्टोले टस जितेर भारतलाई बलिङको निम्तो दिएका हुन् । दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोलीले च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, […]
February 20, 2025
एजेन्सी – आइसिसी च्याम्यिन्स ट्रफीको दोस्रो खेलमा साविक उप विजेता भारतले बंगलादेशको सामना गर्दै छ । युएईको दुवई क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहीवार दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा गएर खेल्न अस्विकार गरेसँगै हाइब्रिड मोडलमा उसका सबै खेल युएईमा आयोजना हुने भएको हो । भारत पुरुष ओडिआई क्रिकेट विश्व कपको पछिल्लो […]