1 week ago
February 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ ।
साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ ।
यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा हुनेछ । इडन गार्डेनमा एक दशकपछि पहिलो फाइनल हुनेछ ।
दोस्रो क्वालिफायर पनि कोलकातामा नै आयोजना हुनेछ । आइपिएलको पहिलो क्वालिफायर तथा इलिमिनेटर खेल हैदरावादमा हुनेछ ।
यो संस्करणको आइपिएल ६५ दिनसम्म चल्ने छ । यो संस्करणमा पनि अघिल्लोमा जस्तै ७४ खेल हुनेछन् । लिगमा १२ वटा डबल हेडर रहेका छन् ।
सन् २०२२ मा आइपिएल १० टोलीमा विस्तार भएयता हरेक सिजनमा जस्तै सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
जसमा कोलकाता, बेंगलुरु, राजस्थान, चेन्नई र पञ्जाब एक समूहमा तथा हैदराबाद, दिल्ली , गुजरात, मुम्बई र लखनउ अर्को समूहमा छन् ।
एक टोलीले आफ्नो समूहका अन्य टोलीसँग र अर्को समूहका एक टोलीसँग दुई पटक र अर्को समूहका अन्य चार टोलीसँग एक पटक प्रतिस्पर्धा गर्नेछन् ।
खेल तालिका
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]