1 week ago
February 16, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ ।
ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं हार हो ।
लिग टुको सुरुवाती ५ मध्ये ४ खेल जितेको थियो । नामिबियाले पछिल्लो ५ खेलमा २ मा मात्र जित हासिल गरेको छ ।
९७ रनको सामान्य लक्ष्य ओमानले २२.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा प्लेयर अफ द म्याच समेत भएका ओपनर आमिर कलिमले सर्वाधिक २१ रन जोडे । उनले ३३ बलमा ३ चौका प्रहार गरेका थिए ।
विनायक शुक्लाले १९ बलमा १८, कप्तान जतिन्दर सिंहले २५ बलमा १४ तथा वासिम अलिले १५ बलमा १० रन जोडे ।
नामिबियाका लागि कप्तान जेरार्ड एरास्मसले ७.४ ओभरमा ३४ रन खर्चिएर ५ विकेट लिए । बेर्नहाड स्कोट्जेको नाममा २ तथा जेजे स्मिथको नाममा १ विकेट रह्यो ।
त्यसअघि ओमानको मस्कटमा टस जितेर ब्याटिङ गरेको नामिबिया ३३.१ ओभरमा ९६ रनमा समेटियो । नामिबियाका लागि जान निकोल लफ्टी इटनले सर्वाधिक ३०, कप्तान एरास्मसले १५ तथा रुबेन ट्रम्पलम्यानले १४ रन जोडे ।
ओमानका लागि शकिल अहमदले ४, जय ओडारा र आमिर कलिमले समान २ तथा शिद्धार्थ र समय श्रीवास्तवले समान १ विकेट लिए । जितसँगै ओमान १५ खेलमा १८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।
नामिबिया १६ खेलमा १२ अंकका साथ छैठौं स्थानमा छ । नेपाल १२ खेलमा ६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
विश्व कप लिग टु सिरिज २०२३ देखि २०२७ सम्म जारी रहनेछ । लिगमा ८ टोली सहभागी लिगको शिर्ष ४ टोली विश्व कप छनोटमा सिधै स्थान बनाउँदा ४ टोली विश्व कप छनोटका लागि प्लेअफमा स्थान बनाउँने छन् ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]