default_image

9 hours ago

February 15, 2025

बाबरले पछि पारे विराटलाई

716 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका पुर्व कप्तान बाबर अजामले भारतिय पुर्व कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् ।

बाबरले सर्वाधिक कम इनिङमा ६ हजार रन पूरा गर्ने ब्याटरको सुचीमा शीर्ष स्थानमा रहेका छन् । बाबरले शुक्रवार न्युजिल्याण्डविरूद्धकाे त्रिकाेणात्मक सिरिजकाे फाइनल खेलमा बाबरले ६ हजार रन पूरा गरेका हुन् ।

उनले १ सय २३ इनिङमा ६ हजार रन पूरा गरेका हुन् । बाबरले सर्वाधिक कम इनिङमा ६ हजार रन पूरा गर्ने दक्षिण अफ्रिकाका हसिम अम्लाकाे कीर्तिमान बराबरी गरेका हुन् ।

अम्लाले पनि १ सय २३ इनिङमा नै ६ हजार रन पूरा गरेका थिए । विराटले भने ६ हजार रन पूरा गर्न १ सय ३६ इनिङ लगाएका थिए । विराटले हाल २ सय ८५ इनिङमा १३ हजार ९ सय ६३ रन बनाएका छन् ।

३० वर्षिय बाबरले ५५.७३ औसतमा ६ हजार रन पूरा गरेका हुन् । बाबर ६ हजार रन पूरा गर्दा सर्वाधिक औसतमा रन बनाउँने खेलाडी हुन् । यसअघि अस्ट्रेलियाका माइकल बेभेनले ५४.७० को औसतमा ६ हजार रन पूरा गरेका थिए ।

February 15, 2025

क्यानद्वारा मुख्य प्रशिक्षकको आवेदन खुला

काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ । क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ […]

February 15, 2025

पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड च्याम्पियन

एजेन्सी – घरेलु टोली पाकिस्तानलाई फाइनलमा पराजित गर्दै न्युजिल्याण्डले त्रिकोणात्मक ओडिआई सिरिजको उपाधी जितेको छ । शुक्रवार भएको फाइनल खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्यो । न्युजिल्याण्ड अपराजित रुपमा सिरिजको विजेता बनेको हो । सिरिज आगामी बुधवारबाट सुरु हुने च्याम्पियन्स ट्रफीको तयारी स्वरुप आयोजित भएको थियो । सिरिजमा न्युजिल्याण्ड अपराजित रहँदा दक्षिण अफ्रिकाले भने […]

February 14, 2025

मेन्डिसको शतकमा श्रीलंकाद्वारा सिरिज ‘क्लिन स्विप’

एजेन्सी – कुशल मेन्डिसको शतकमा अस्ट्रेलियाविरुद्धको ओडिआई सिरिज घरेलु टोली श्रीलंकाद्वारा ‘क्लिन स्विप’ गरेको छ । शुक्रवार भएको दोस्रो ओडिआई खेलमा अस्ट्रेलियालाई १ सय ७४ रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज ‘क्लिन स्विप’ गरेको हो । श्रीलंकाले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २४.२ ओभरमा १ सय ७ रनमा समेटियो । अस्ट्रेलियाका […]

Success

Thank you for your time.