default_image

9 hours ago

February 15, 2025

पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड च्याम्पियन

393 views

0 Bookmark

एजेन्सी – घरेलु टोली पाकिस्तानलाई फाइनलमा पराजित गर्दै न्युजिल्याण्डले त्रिकोणात्मक ओडिआई सिरिजको उपाधी जितेको छ ।

शुक्रवार भएको फाइनल खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्यो । न्युजिल्याण्ड अपराजित रुपमा सिरिजको विजेता बनेको हो । सिरिज आगामी बुधवारबाट सुरु हुने च्याम्पियन्स ट्रफीको तयारी स्वरुप आयोजित भएको थियो ।

सिरिजमा न्युजिल्याण्ड अपराजित रहँदा दक्षिण अफ्रिकाले भने एक खेल पनि जित्न सकेन । न्युजिल्याण्डले पहिलो खेलमा पाकिस्तानलाई ७८ रनले तथा दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

दक्षिण अफ्रिका भने पहिलो खेलमा न्युजिल्याण्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । सिरिज उपविजेता पाकिस्तान पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

च्याम्पियन्स ट्रफीमा भारत र बंगलादेशसँगै पाकिस्तान र न्युजिल्याण्ड समूह ए मा रहेका छन् । दक्षिण अफ्रिका भने अफगानिस्तान, अस्ट्रेलिया र इङ्ग्ल्याण्डसँग समूह बी मा रहेको छ । हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।

च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा पाकिस्तानले न्युजिल्याण्डको सामना गर्नेछ । दक्षिण अफ्रिकाको पहिलो खेल भने शुक्रवार अफगानिस्तानसँग रहेको छ । प्रतियोगिताको फाइनल खेल भने ९ मार्चमा रहेको छ ।

February 15, 2025

बाबरले पछि पारे विराटलाई

एजेन्सी – पाकिस्तानका पुर्व कप्तान बाबर अजामले भारतिय पुर्व कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् । बाबरले सर्वाधिक कम इनिङमा ६ हजार रन पूरा गर्ने ब्याटरको सुचीमा शीर्ष स्थानमा रहेका छन् । बाबरले शुक्रवार न्युजिल्याण्डविरूद्धकाे त्रिकाेणात्मक सिरिजकाे फाइनल खेलमा बाबरले ६ हजार रन पूरा गरेका हुन् । उनले १ सय २३ इनिङमा […]

February 14, 2025

मेन्डिसको शतकमा श्रीलंकाद्वारा सिरिज ‘क्लिन स्विप’

एजेन्सी – कुशल मेन्डिसको शतकमा अस्ट्रेलियाविरुद्धको ओडिआई सिरिज घरेलु टोली श्रीलंकाद्वारा ‘क्लिन स्विप’ गरेको छ । शुक्रवार भएको दोस्रो ओडिआई खेलमा अस्ट्रेलियालाई १ सय ७४ रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज ‘क्लिन स्विप’ गरेको हो । श्रीलंकाले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २४.२ ओभरमा १ सय ७ रनमा समेटियो । अस्ट्रेलियाका […]

February 14, 2025

डुरानको २ गोलमा नासरको जित

एजेन्सी – साउदी प्रो लिगमा जोन डुरानको २ गोल प्रेरित अल नासरले जित निकालेको छ । बिहीवार भएको खेलमा नासरले अल अल अह्लीलाई ३-२ ले पराजित गरेको हो । नासरको जितमा अमिन याहाले अर्को गोल गरे । अल अह्लीका लागि इभान टोनी र सुमयाह्न नभिदले समान १ गोल गरे । डुरानले ३२औं मिनेटमा गोल गर्दै […]

Success

Thank you for your time.