default_image

17 hours ago

February 14, 2025

मेन्डिसको शतकमा श्रीलंकाद्वारा सिरिज ‘क्लिन स्विप’

718 views

0 Bookmark

एजेन्सी – कुशल मेन्डिसको शतकमा अस्ट्रेलियाविरुद्धको ओडिआई सिरिज घरेलु टोली श्रीलंकाद्वारा ‘क्लिन स्विप’ गरेको छ ।

शुक्रवार भएको दोस्रो ओडिआई खेलमा अस्ट्रेलियालाई १ सय ७४ रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज ‘क्लिन स्विप’ गरेको हो ।

श्रीलंकाले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २४.२ ओभरमा १ सय ७ रनमा समेटियो । अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक २९ रन जोडे । उनले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

जोस इङ्ग्लिसले २७ बलमा ४ चौकाको सहयोगमा २२ तथा ट्राभिस हेडले १८ बलमा १८ रन जोडे । अस्ट्रेलियाका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । यो एसिया महादेशमा अस्ट्रेलियाले बनाएको सबैभन्दा कम स्कोर हो ।

श्रीलंकाका लागि दुनिथ विलालागेले ४ तथा आशिथा फर्नान्डो र वानिन्दु हसरंगाले समान ३ विकेट लिए ।

त्यसअघि कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ८१ रनको योगफल तयार गर्यो ।

श्रीलंकाका लागि प्लेयर अफ द म्याच समेत भएका मेन्डिसले सर्वाधिक १ सय १ रन जोडेका थिए । उनले १ सय १५ बलमा ११ चौका प्रहार गरेका थिए ।

कप्तान चरिथ असलंकाले ६६ बलमा नट आउट ७८ रन जोड्दा ओपनर निसान मधुशंका ५१ रनमा आउट भए ।

जानिथ लियानागे २१ बलमा नट आउट ३२ रन जोड्दा ओपनर पथुम निशंका ६ रनमा आउट भए । अस्ट्रेलियाका लागि बेन ड्वारस्विस, सिन एबोट, आरोन हार्डी र एडम जाम्पाले समान १ विकेट लिए ।

अस्ट्रेलिया अर्को साताबाट सुरु हुने च्याम्पियन्स ट्रफीको तयारीमा रहेको छ । अस्ट्रेलियाले पहिलो ओडिआई ४९ रनले गुमाएको थियो ।

श्रीलंका भने च्याम्पियन्स ट्रफीमा छनोट हुन सकेको थिएन । सन् २०२३ मा भारतमा भएको ओडिआई विश्व कपको शीर्ष ८ मा नअटाएका कारण श्रीलंका भने च्याम्पियन्स ट्रफीका लागि छनोट हुन सकेको थिएन ।

समूह बी मा रहेको अस्ट्रेलियाले २२ फेब्रुअरीमा इङ्ग्ल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । अस्ट्रेलिया रहेको समूहमा इङ्ग्ल्याण्ड, अफगानिस्तान र दक्षिण अफ्रिका रहेका छन् ।

February 15, 2025

बाबरले पछि पारे विराटलाई

एजेन्सी – पाकिस्तानका पुर्व कप्तान बाबर अजामले भारतिय पुर्व कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् । बाबरले सर्वाधिक कम इनिङमा ६ हजार रन पूरा गर्ने ब्याटरको सुचीमा शीर्ष स्थानमा रहेका छन् । बाबरले शुक्रवार न्युजिल्याण्डविरूद्धकाे त्रिकाेणात्मक सिरिजकाे फाइनल खेलमा बाबरले ६ हजार रन पूरा गरेका हुन् । उनले १ सय २३ इनिङमा […]

February 15, 2025

पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड च्याम्पियन

एजेन्सी – घरेलु टोली पाकिस्तानलाई फाइनलमा पराजित गर्दै न्युजिल्याण्डले त्रिकोणात्मक ओडिआई सिरिजको उपाधी जितेको छ । शुक्रवार भएको फाइनल खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्यो । न्युजिल्याण्ड अपराजित रुपमा सिरिजको विजेता बनेको हो । सिरिज आगामी बुधवारबाट सुरु हुने च्याम्पियन्स ट्रफीको तयारी स्वरुप आयोजित भएको थियो । सिरिजमा न्युजिल्याण्ड अपराजित रहँदा दक्षिण अफ्रिकाले भने […]

February 14, 2025

डुरानको २ गोलमा नासरको जित

एजेन्सी – साउदी प्रो लिगमा जोन डुरानको २ गोल प्रेरित अल नासरले जित निकालेको छ । बिहीवार भएको खेलमा नासरले अल अल अह्लीलाई ३-२ ले पराजित गरेको हो । नासरको जितमा अमिन याहाले अर्को गोल गरे । अल अह्लीका लागि इभान टोनी र सुमयाह्न नभिदले समान १ गोल गरे । डुरानले ३२औं मिनेटमा गोल गर्दै […]

Success

Thank you for your time.