1 day ago
February 14, 2025
एजेन्सी – साउदी प्रो लिगमा जोन डुरानको २ गोल प्रेरित अल नासरले जित निकालेको छ ।
बिहीवार भएको खेलमा नासरले अल अल अह्लीलाई ३-२ ले पराजित गरेको हो । नासरको जितमा अमिन याहाले अर्को गोल गरे । अल अह्लीका लागि इभान टोनी र सुमयाह्न नभिदले समान १ गोल गरे ।
डुरानले ३२औं मिनेटमा गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ नासरले १-० को अग्रता कायम गरेको थियो ।
दोस्रो हाफको सुरुवातमा नै नासर १० खेलाडीमा सिमित भएको थियो । ४७औं मिनेटमा नासरका मोहम्मद सिमाकान रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
७८औं मिनेटमा अह्लीका टोनीले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको २ मिनेट पछि नै याहाले गोल गर्दै नासरलाई २-१ को स्थितिमा पुर्याए । खेलको ८८औं मिनेटमा नासरका डुरानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।
दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा नभिदले अह्लीका लागि गोल गरे पनि टोलीको हार टार्न भने सकेनन् ।
नासर २० खेलमा ४४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । अह्ली समान खेलमा ३८ अंकका साथ पाँचौ स्थानमा छ ।
February 15, 2025
एजेन्सी – पाकिस्तानका पुर्व कप्तान बाबर अजामले भारतिय पुर्व कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् । बाबरले सर्वाधिक कम इनिङमा ६ हजार रन पूरा गर्ने ब्याटरको सुचीमा शीर्ष स्थानमा रहेका छन् । बाबरले शुक्रवार न्युजिल्याण्डविरूद्धकाे त्रिकाेणात्मक सिरिजकाे फाइनल खेलमा बाबरले ६ हजार रन पूरा गरेका हुन् । उनले १ सय २३ इनिङमा […]
February 15, 2025
एजेन्सी – घरेलु टोली पाकिस्तानलाई फाइनलमा पराजित गर्दै न्युजिल्याण्डले त्रिकोणात्मक ओडिआई सिरिजको उपाधी जितेको छ । शुक्रवार भएको फाइनल खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्यो । न्युजिल्याण्ड अपराजित रुपमा सिरिजको विजेता बनेको हो । सिरिज आगामी बुधवारबाट सुरु हुने च्याम्पियन्स ट्रफीको तयारी स्वरुप आयोजित भएको थियो । सिरिजमा न्युजिल्याण्ड अपराजित रहँदा दक्षिण अफ्रिकाले भने […]
February 14, 2025
एजेन्सी – कुशल मेन्डिसको शतकमा अस्ट्रेलियाविरुद्धको ओडिआई सिरिज घरेलु टोली श्रीलंकाद्वारा ‘क्लिन स्विप’ गरेको छ । शुक्रवार भएको दोस्रो ओडिआई खेलमा अस्ट्रेलियालाई १ सय ७४ रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज ‘क्लिन स्विप’ गरेको हो । श्रीलंकाले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २४.२ ओभरमा १ सय ७ रनमा समेटियो । अस्ट्रेलियाका […]