default_image

2 hours ago

February 13, 2025

अफ्रिदी सहित ३ पाकिस्तानी आइसिसीको कारबाहीमा

986 views

0 Bookmark

एजेन्सी – त्रिकोणात्मक ओडिआई सिरिजमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा शाहीन शाह अफ्रिदी सहित ३ पाकिस्तानी खेलाडीलाई आइसिसीले कारबाही गरेको छ ।

अफ्रिदी सहित साउद शकील र कामरान गुलामलाई आइसिसीको आचार संहिताको लेभल १ उल्लङ्घन गरेको आरोपमा जरिवाना र डिमेरिट प्वाइन्ट दिइएको छ ।

अफ्रिदीलाई आचार संहिताको धारा २.१२ को उल्लङ्घन गरेको आरोपमा म्याच फीको २५ प्रतिशत जरिवाना गरिएको छ ।

खेलको २८ औं ओभरमा दक्षिण अफ्रिकी ब्याटर म्याथ्यु ब्रेट्ज्केलाई अफ्रिदीले रन लिने क्रममा रोक्ने प्रयासमा देखिएका थिए । आइसिसीले भनेअनुसार यी दुई खेलाडी एकअर्कासँग ठोक्किएपछि चर्काचर्की भएको थियो ।

सब्स्टिच्युट फिल्डर शकील र गुलामलाई २९ औं ओभरमा रनआउट भएका ब्याटर तेम्बा बभुमासँग धेरै नजिक रहेर सेलिब्रेसन गरेको भन्दै म्याच फीको १० प्रतिशत जरिवाना गरिएको छ ।

यो संहिताको धारा २.५ को उल्लङ्घन थियो । यी तीनमध्ये कसैको पनि पूर्व डिमेरिट पोइन्ट थिएन ।

दक्षिण अफ्रिकाले दिएको ३ सय ५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले एकदिवसीय क्रिकेटमा ३ सय ५० रनभन्दा बढीको लक्ष्य पछ्याएको थियो । यो जितसँगै पाकिस्तान त्रिकोणात्मक सिरिजको फाइनलमा पुगेको छ ।

February 13, 2025

पाटिदार बेंगलुरुको कप्तानमा नियुक्त

एजेन्सी – आगामी महिनाबाट सुरु हुने आइपिएल २०२५ का लागि रजत पाटीदारलाई रोयल च्यालेन्जर्स बेंगलोरको कप्तान नियुक्त गरिएको छ । बिहीबार बेंगलुरुले टिम निर्देशक मो बोबत र मुख्य प्रशिक्षक एन्डी फ्लावरको उपस्थितिमा उक्त घोषणा गरेको हो । पाटीदारले सन् २०२१ देखि बेंगलुरुका लागि ३ सिजन खेलेका छन् । बेंगलुरुका लागि उनले २८ खेलमा १५८.८५ को […]

February 13, 2025

लिग टु – ओमानसँग अमेरिका पराजित

एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]

February 13, 2025

कीर्तिमानी जितसँगै पाकिस्तान फाइनलमा

एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]

Success

Thank you for your time.