3 hours ago
February 13, 2025
एजेन्सी – आगामी महिनाबाट सुरु हुने आइपिएल २०२५ का लागि रजत पाटीदारलाई रोयल च्यालेन्जर्स बेंगलोरको कप्तान नियुक्त गरिएको छ ।
बिहीबार बेंगलुरुले टिम निर्देशक मो बोबत र मुख्य प्रशिक्षक एन्डी फ्लावरको उपस्थितिमा उक्त घोषणा गरेको हो । पाटीदारले सन् २०२१ देखि बेंगलुरुका लागि ३ सिजन खेलेका छन् । बेंगलुरुका लागि उनले २८ खेलमा १५८.८५ को स्ट्राइक रेटमा ७ सय ९९ रन बनाएका छन् ।
सन् २०२२ देखि २०२४ सम्म बेंगलुरुका कप्तान रहेका फाफ डु प्लेसिसलाई रिटेन नगरेपछि पाटिदार कप्तानमा नियुक्त भएका हुन् । फाफको अनुपस्थितीमा विराट कोहलीले फेरि बेंगलुरुको कप्तानी गर्ने अनुमान गरिएको थियो ।
पाटीदारले घरेलु क्रिकेटमा मध्य प्रदेशको टिमको कप्तानी गर्ने गरेका छन् । आइपिएलमा भने पाटीदारको यो पहिलो कप्तानी हुनेछ । ३१ वर्षीय पाटीदार गत वर्ष नोभेम्बरमा भएको मेगा अक्सनअघि बेंगलुरुको रिटेनमा अटाएका थिए ।
बेंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । यद्यपि बेंगलुरु ३ पटक फाइनल भने पुगेको छ । पछिल्लो २०२४ को सिजनमा बेंगलुरुले प्लेअफमा स्थान बनाएको थियो ।
बेंगलुरुले पाटीदारलाई नियुक्त गरेसँगै कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सले मात्र आगामी सिजनका लागि कप्तानको नाम सार्वजनिक गरेका छैनन् ।
गत वर्ष कोलकाताका कप्तान रहेका श्रेयस अय्यरले यस वर्ष पञ्जाब किंग्सको कप्तानी सम्हाल्नेछन् । दिल्लीका पूर्व कप्तान ऋषभ पन्तले लखनउ सुपर जायन्ट्स को नेतृत्व गर्नेछन् ।
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]
February 13, 2025
एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]