default_image

1 month ago

February 13, 2025

लिग टु – ओमानसँग अमेरिका पराजित

1024 views

0 Bookmark

एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ ।

अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरे ।

अमिर कलिम ७८ बलमा २८, वासिम अलि १८ तथा हमिद मिर्जा १२ रनमा बनाए । अमेरिकाका लागि हर्मित सिंहले २ र मिलान्ड कुमारले १ विकेट लिए ।

त्यसअघि ओमानको मस्कटमा टस जितेर ब्याटिङ रोजेको अमेरिका ४२.१ ओभरमा १ सय ५१ रनको योगफलमा समेटियो ।

अमेरिकाका लागि साइतेजा मुककामल्लाले सर्वाधिक ८० रन जोडे । उनले १ सय ६ बलको सामना गरेर ९ चौका प्रहार गरे । आरोन जोन्स १५, आन्द्रेस गौस १३ तथा मिलान्ड कुमार १५ रन बनाए ।

ओमानका लागि सकिल अहमदले ४, जय ओडाराले ३, समय श्रीवास्तवले २ र वासिम अलिले १ विकेट लिए ।

८ टोली सहभागी लिगमा अमेरिका हारका बाबजुद १४ खेलमा १८ अंकका साथ शीर्ष स्थानमा छ । ओमान समान खेलमा १६ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल १२ खेलमा ६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.