1 month ago
February 13, 2025
एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ ।
जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि सन् २०२३ मा घरेलु मैदान लाहोरमै अष्ट्रेलियाविरुद्ध ३ सय ४९ रनको लक्ष्य पूरा गरेको थियो ।
पाकिस्तानको जितमा सलमान अघाले १ सय ३ बलमा १६ चौका र २ छक्कासहित १ सय ३४ रनको शतकीेय इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए । उनले ओडीआईमा पहिलो शतक हानेका हुन् ।
लुंगी एनगिडीको ४९ औं ओभरको पाँचौं बलमा एज लागेको अपिलमा दक्षिण अफ्रिका सफल भएपछि सलमान अविजित फर्किन पाएनन् । उनी आउट हुँदा जित्नलाई २ रन आवश्यक हुँदा तयाब ताहिरले चौका हान्दै खेल सकाए ।
कप्तान मोहम्मद रिजवान १ सय २८ बलमा ९ चौका र ३ छक्कासहित १ सय २२ रनमा अविजित रहे । एक समय १०.४ ओभरमा ९१-३ को अवस्थामा पुगेको पाकिस्तानलाई चौथो विकेटका लागि रिजवान र सलमानले २ सय २९ बलमा २ सय ६० रनको साझेदारी गरेका थिए ।
यो पाकिस्तानी ब्याटरले ओडीआईमा चौथो विकेटलाई गरेको उच्च साझेदारी हो । यसअघि चौथो विकेटलाई सन् २००९ मा सोएब मलिक र मोहम्मद युसुफले भारतविरुद्ध २ सय ६ रनको साझेदारी गरेका थिए ।
पाकिस्तान ओडीआई इतिहासकै यो तेस्रो ठूलो साझेदारी हो । यसअघि ओपनर फखार जमान र इमाम उल हकको २०१८ मा जिम्बावेविरुद्ध ३ सय ४ तथा सन् १९९४ मा न्युजिल्यान्डविरुद्ध इन्जामाम उल हक र अमर सोहेलले दोस्रो विकेटलाई २ सय ६३ रनको साझेदारी गरेका थिए ।
ओपनर फखार जमान २८ बलमा ६ चौका र १ छक्कासहित ४१, बाबर आजम १९ बलमा ४ चौकासहित २३ र साउद सकिल १५ रनमा आउट भए । दक्षिण अफ्रिकाका वियान मुल्डरले २, लुंगी एनगिडी र कोब्रिन बोचले १-१ विकेट लिए ।
त्यसअघि कराँचीमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो । युवा ब्याटर म्याथ्यु ब्रिट्ज्कीले ८४ बलमा १० चौका र १ छक्कासहित ८३ रन बनाए ।
उनले न्युल्यिान्डविरुद्ध डेब्यू खेलमै १ सय ५० रनको शतकीय इनिङ खेलेका थिए । हेनरिक क्लासेनले ५६ बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक ८७ रन जोडे । कप्तान टेम्बा बभुमा ९६ बलमा १३ चौकासहित ८२, टोनी डी जोर्जी २२, काइल भेरेभन ४४ रनमा आउट भए ।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले २, नसिम साह र खुसदील शाहले १-१ विकेट लिए । फाइनलमा शुक्रबार न्युजिल्यान्ड र पाकिस्तान भिड्नेछन् ।
न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ६ विकेट र पाकिस्तानलाई ७८ रनले हराएको थियो । अर्को सातादेखि सुरु हुने च्याम्पियन्स ट्रफी अघि अन्तिम तयारीको रुपमा यी तीन टोलीले यस सिरिज खेलेका हुन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]