default_image

2 hours ago

February 12, 2025

असलंकाको शतकमा श्रीलंकाले अस्ट्रेलियालाई हरायो

391 views

0 Bookmark

एजेन्सी – कप्तान चरिथ असलंकाको शतकको सहयोगमा घरेलु टोली श्रीलंकाले अस्ट्रेलियाविरुद्धको पहिलो ओडिआई खेलमा जित हासिल गरेको छ ।

श्रीलंकाले बुधवार अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको हो । जितसँगै श्रीलंकाले २ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ ।

श्रीलंकाले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३३.५ ओभरमा १ सय ६५ रनमा अल आउट भयो ।

अस्ट्रेलियाका लागि एलेक्स केरीले सर्वाधिक ४१ रन जोडे । नलले ३८ बलमा ५ चौका र १ छक्का प्रहार गरे । आरोन हार्डिले ३७ बलमा ३२ तथा सिन एबोट र एडम जाम्पा समान २० रनमा आट भए ।

श्रीलंकाका लागि महेश थिक्सेनाले ४, दुनिथ विलालागे र आसिथा फर्नान्डोले समान २ तथा कप्तान असंलगा र वानिन्दु हसरंगाले समान १ विकेट लिए ।

त्यसअघि आर प्रेमदासा क्रिकेट स्टेडियम कोलम्बोमा टस जितेर ब्याटिङ गरेको श्रीलंका ४६ ओभरमा २ सय १४ रनमा समेटियो ।

श्रीलंकाका लागि कप्तान असंलकाले सर्वाधिक १ सय २७ रन जोडे । उनले १ सय २६ बलमा १४ चौका र ५ छक्का प्रहार गरे ।

दुनिथ विलालागे ३४ बलमा ३०,कुशल मेन्डिस १९ रनमा आटउ भए । अस्ट्रेलियाका लागि सिन एबटले ३, आरोन हार्डी, स्पेन्सर जोनसन र नाथन एलिसले समान २ तथा म्याथ्यु शर्टले १ विकेट लिए । दोस्रो ओडिआई खेल शुक्रवार रहेको छ ।

February 12, 2025

गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने

एजेन्सी – अफगानिस्तानका १८ वर्षीय दायाँ हाते स्पिनर अल्लाह गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले बुधवसर बिहान ट्वीट गर्दै गजान्फरको बारेमा जानकारी दिएको हो । अफगानिस्तानको जिम्बाब्वे भ्रमणका क्रममा गजान्फर घाइते भएका र उनी कम्तीमा ४ महिना मैदानबाहिर रहने बताइएको छ । च्याम्पियन्स ट्रफीका साथै उनले मार्च […]

February 12, 2025

स्मिथको कप्तानीमा अस्ट्रेलियन टोलीको घोषणा

एजेन्सी – अर्को साता सुरु हुने च्याम्पियन्स ट्रफीका लागि स्टिभ स्मिथको कप्तानीमा अस्ट्रेलिया क्रिकेट टोलीको घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम टोलीमा परेनन्। प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्स यसअघि नै टोलीबाट बाहिरिएका […]

February 12, 2025

बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको चोटट पूर्णरुपमा निको नभएपछि च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने भएका हुन् । बुमराहले ढाडको […]

Success

Thank you for your time.