2 hours ago
February 12, 2025
एजेन्सी – अफगानिस्तानका १८ वर्षीय दायाँ हाते स्पिनर अल्लाह गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने भएका छन् ।
अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले बुधवसर बिहान ट्वीट गर्दै गजान्फरको बारेमा जानकारी दिएको हो । अफगानिस्तानको जिम्बाब्वे भ्रमणका क्रममा गजान्फर घाइते भएका र उनी कम्तीमा ४ महिना मैदानबाहिर रहने बताइएको छ ।
च्याम्पियन्स ट्रफीका साथै उनले मार्च २१ देखि मे २५ सम्म हुने आइपिएलबाट पनि गुमाउने छन् । गजन्फरलाई केही समय अघि भएको अक्सनमा मुम्बई इन्डियन्सले भित्राएको थियो । हालसम्म उनले ११ ओडिआई खेलमा २१ विकेट लिएका छन् ।
यसैबिच अफगानिस्तानले च्याम्पियन्स ट्रफीका लागि टिम घोषणा गरेको छ । वैकल्पिक सुचीमा रहेका स्पिनर नांगेयालिया खारोटेले गजान्फरको स्थान लिएका छन् । एसिबीले बुधवार हशमतुल्लाह साहिदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तानको टोली
हशमतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जद्रान, इकराम अलीखिल, रहमानुल्लाह गुर्बाज, सेदीकुल्लाह अटल, रहमत शाह(उपकप्तान), अजमतुल्लाह उमरजाई, गुलबदीन नैब, मोहम्मद नबी, राशिद खान, फरीह अहमद, फजलहक फारूकी, नांगियालिया खारोटे, नवीद जादरान, नुर अहमद
February 12, 2025
एजेन्सी – अर्को साता सुरु हुने च्याम्पियन्स ट्रफीका लागि स्टिभ स्मिथको कप्तानीमा अस्ट्रेलिया क्रिकेट टोलीको घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम टोलीमा परेनन्। प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्स यसअघि नै टोलीबाट बाहिरिएका […]
February 12, 2025
एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको चोटट पूर्णरुपमा निको नभएपछि च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने भएका हुन् । बुमराहले ढाडको […]
February 11, 2025
सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन […]