1 month ago
February 10, 2025
एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले । योसँगै उनले आफ्नो ओडीआई करिअरको ७ हजार रन १ सय ५९ इनिङमा पूरा गरेका छन् । सर्वाधिक छिटो ७ हजार रन पूरा गर्ने दोस्रो खेलाडी बने । उसर्वाधिक छिटो दक्षिण अफ्रिकाका पूर्व ब्याटर हासिम अमलाले १ सय ५० इनिङमा पूरा गरे ।
ओपनर डेभन कन्वे भने १ सय ७ बलमा ९ चौका र १ छक्कासहित ९७ रनमा रनमा जुनियर डालाको बलमा प्वाइन्टमा क्याच आउट भएपछि शतकबाट तीन रनले चुकेका थिए । दोस्रो विकेटलाई विलियम्सन र कन्वेले १ सय ५५ बलमा १ सय ८७ रनको सानदार साझेदारी गदैै सहज जितको आधार तय गरे ।
पहिलो खेलमा पाकिस्तानविरुद्ध आक्रामक शतक हानेका ग्लेन फिलिप्स २८ रनमा अविजित रहँदा डर्याल मिचेल १० र विल योंग १९ रनमा आउट भए । दक्षिण अफ्रिकाका सेनुरान मथुस्यामीले २, जुनियर डाला र एथान बोचले १-१ विकेट लिए ।
त्यसअघि गद्दाफी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४ रन बनाएको थियो ।
ओपनर म्याथ्यु ब्रिट्ज्कले डेब्यू खेलमै १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको यादगार शतकीय इनिङ खेले पनि बलर नचल्दा दक्षिण अफ्रिकालाई जिताउन सकेनन् ।
कप्तान टेम्बा बभुमा बाहेक दक्षिण अफ्रिकाले यस सिरिजमा दोस्रो रोजाइका खेलाडीलाई मौका दिएको छ ।
बभुमा २०, जेसन स्मिथ ४१ र वियान मुल्डर ६१ रनमा आउट भए । न्युजिल्यान्डका म्याच हेनरी र विल ओरौरकले २(२ विकेट लिए । पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ७८ रनले हराएको थियो । तेस्रो खेलमा पाकिस्तान र दक्षिण अफ्रिकाबीच बुधबार खेल हुनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]