default_image

21 hours ago

February 9, 2025

क्रिकेट एक्सिलेन्स काठमाडौं च्याम्पियन

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) ले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि जितेको छ।

ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई आइतवार १ सय ७ रनले पराजित गर्दै सिइसी काठमाडौं च्याम्पियन बनेको हो।

२ सय ६२ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयले २६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रन मात्र बनाउन सक्यो ।

ग्रेट हिमालयका इशान पाण्डेले शतकका बाबजुद टोली पराजित भयो । इशानले नटआउट १ सय ७ रन बनाए। रितेश आग्रीले २६ रन जोडे। सिइसीका पृथु बास्कोटा, विवेकानन्द सहानी र दयानन्द मण्डलले समान २ विकेट लिए।

त्यसअघि मुलपानी तल्लो क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सिइसीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो।

ऋतले सर्वाधिक १ सय १३ रन बनाए। विरेन्द्र धनाडी ६७ र पृथु बास्कोटा ४१ रन जोडे । ग्रेट हिमालयका इशानले स ४ , किरण बूढामगरले ३ र दर्शिल विष्टले १ विकेट लिए।

ग्रेट हिमालयका इशान पाण्डे प्लेयर अफ द सिरिज भए। महावीरका सोनु देवकोटा उत्कृष्ट ब्याटर र न्यु भिजन क्लबका मनसुन सिंह उत्कृष्ट बलर घोषित भए।

February 10, 2025

सिवाइसी अत्तरिया अर्जुन ट्रफी च्याम्पियन

धनगढी (हाम्रो खेलकुद)- फ्रेण्डस युथ क्लब डडेल्धुरालाई ३४ रनले हराउँदै सिवाइसी अत्तरियाले अर्जुन ट्रफी जितेको छ। अत्तरिया अपराजित रहँदै च्याम्पियन बनेको हो। फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोमवार १ सय १९ रनको सहज लक्ष्य पछाएको डडेल्धुरा १८ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै मात्र ८४ रनमा समेटियो। ओपनर आयुष्मान बम शुन्यमा र विनोद भण्डारी ५ रनमा आउट भए। […]

February 10, 2025

अर्जुन ट्रफी फाइनल – सिवाइसीद्वारा फ्रेण्डसलाई सामान्य लक्ष्य

धनगढी (हाम्रो खेलकुद)- सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको फाइनलमा जितको लगि फ्रेण्डस युथ क्लब डडेल्धुरालाई १ सय १९ रनको लक्ष्य दिएको छ। फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी फाइनलमा टसजितेर सिवाइसीले पहिले ब्याटिङ गर्यो। निर्धारित २० ओभरको खेलमा संघर्ष गर्दै ९ विकेटको नोक्सानीमा १ सय १८ रन बनायो। सिवाइसीले सुरुवात राम्रो गर्न सकेन्। पहिलो पावर प्लेमा १ […]

February 10, 2025

भारतको जितमा कप्तान रोहितको शतक

एजेन्सी – घरेलु टोली भारतले इङ्ग्ल्यान्डविरुद्धको ओडिआइ सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेल आइतवार ४ विकेटले जितेसँगै भारतले ३ ओडिआइको सिरिजमा २-० को‌ अग्रता बनाएको छ।३ सय ५ रनको लक्ष्य भारतले ४४.३ ओभरमा ६ विकेट गुमाउँदै ३ सय ८ रन बनाएर पूरा गर्‍यो । भारतका लागि कप्तान रोहित शर्माले शतकीय पारी खेले […]

Success

Thank you for your time.