default_image

1 day ago

February 9, 2025

अर्जुन ट्रफी – सिआइसी अत्तरिया उपाधि नजिक

476 views

0 Bookmark

कैलाली (हाम्रो खेलकुद)- सिवाइसी अत्तरिया धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

डिसिए धनगढीलाई दोस्रो सेमिफाइनल आइतवार ६ विकेटले हराउँदै अत्तरिया उपाधि नजिक पुगेको हो ।
अत्तरियाले फेण्ड्स क्लब डडेल्धुरासँग सोमवार फाइनल खेल्नेछ।

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा सवै विकेट क्षतिमा एक सय ८ रन मात्रै बनाउन सक्यो ।

धनगढीका मिलन बोहोराले १८ बलमा २८ रन बनाए । अभिषेक पालले २७, दिपेन्द्र सिंह ऐरीले १५ रन र राहुल भण्डारीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनगढीका ४ खेलाडी शुन्यमा आउट भए ।

अत्तरियाका लागि विवेक यादव र कमल गुप्ताले समान २ , दिपेश कँडेल, रसिद खान र साहव आलमले समान १ विकेट लिए ।  

एक सय ९ रनको लक्ष्य पछ्याएको अत्तरियाले १५ ओभरमा ५ विकेट क्षतिमा जित हासिल गर्यो ।अत्तरियाका लागि शंकर रानाले अर्धशतक बनाए । ५५ बलमा शंकरले ४ छक्का र ३ चौकासहित नटआउट ५६ रन बनाए ।

२४ रन बनाएका दीपेशले शंकरसँग चौथो विकेटका लागि ७१ रनको साझेदारी गरे । भीम सार्कीले १६ रन जोडे । धनगढीका हिक्मत महराले २, ललित राजवंशी र भोजराज भट्टले समान १ विकेट लिए ।

अत्तरियाका शंकर राना नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए र उनले १० हजार रुपैयाँसहित ट्रफी पाए ।

नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश गो ड्रिर्मसको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख र‌ दोस्रो टोलीले ५ लाख सहित ट्रफी पाउनेछन् ।

February 10, 2025

विवेक अर्जुन ट्रफीका सर्वोत्कृष्ट खेलाडी

धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]

February 10, 2025

सिवाइसी अत्तरिया अर्जुन ट्रफी च्याम्पियन

धनगढी (हाम्रो खेलकुद)- फ्रेण्डस युथ क्लब डडेल्धुरालाई ३४ रनले हराउँदै सिवाइसी अत्तरियाले अर्जुन ट्रफी जितेको छ। अत्तरिया अपराजित रहँदै च्याम्पियन बनेको हो। फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोमवार १ सय १९ रनको सहज लक्ष्य पछाएको डडेल्धुरा १८ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै मात्र ८४ रनमा समेटियो। ओपनर आयुष्मान बम शुन्यमा र विनोद भण्डारी ५ रनमा आउट भए। […]

February 10, 2025

अर्जुन ट्रफी फाइनल – सिवाइसीद्वारा फ्रेण्डसलाई सामान्य लक्ष्य

धनगढी (हाम्रो खेलकुद)- सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको फाइनलमा जितको लगि फ्रेण्डस युथ क्लब डडेल्धुरालाई १ सय १९ रनको लक्ष्य दिएको छ। फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी फाइनलमा टसजितेर सिवाइसीले पहिले ब्याटिङ गर्यो। निर्धारित २० ओभरको खेलमा संघर्ष गर्दै ९ विकेटको नोक्सानीमा १ सय १८ रन बनायो। सिवाइसीले सुरुवात राम्रो गर्न सकेन्। पहिलो पावर प्लेमा १ […]

Success

Thank you for your time.