1 month ago
February 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टुमा शीर्ष स्थानको अमेरिकाले नामिबियालाई पराजित गरेको छ ।
अमेरिकाले शनिवार नामिबियालाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्यो । प्राविधिक कारण ढिला सुरु भएकोले खेल ४३ ओभरमा छोट्याइएको थियो ।
२ सय ९४ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो । नामिबियाका लागि मलान कुर्जरले ४४ बलमा सर्वाधिक ३२ रन जोडे ।
शान फुचे २२, रुवेन ट्रम्पलम्यान २१, कप्तान जेरार्ड एरास्मस १८ रन बनाए। जान फ्र्यलिंक, बेनार्ड स्कोड्जे र जेन ग्रिन समान १६ रनमा आउट भए ।
अमेरिकाका लागि मिलान्ड कुमारले ४, हर्मित सिंहले २ , सञ्जय कृष्णमुर्ती, नोश्तुस केन्जिगे र सौरभ नेत्रभाल्करले समान १ विकेट लिए ।
त्यसअघि ओमानमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ४३ ओभरमा ८ विकेट गुमाएर २ सय ९३ रनको योगफल तयार गरेको थियो ।
अमेरिकाका लागि कप्तान मोनांक पटेल, आन्द्रेश गौस र मिलान्ड कुमारले अर्धशतक बनाए । ओपनर गौसले सर्वाधिक ७६ रन बनाए । उनले ८३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । कप्तान पटेलले ६० बलमा ८ चौका र १ छक्काको सहयोगमा ६५ रन जोडे ।
मिलान्डले ३४ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाए । साइतेजा मुककामल्ला ३१ र सञ्जय कृष्णमुर्ती र हर्मित समान १८ रनमा आउट भए ।
आठ टोली सहभागी लिगमा अमेरिका १३ खेलमा १८ अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया १३ खेलमा १० अंकका साथ छैठौं स्थानमा छ । नेपाल लिगको पुछारबाट दोस्रो स्थानमा छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]