3 months ago
February 7, 2025
सुमन अधिकारी, बुटवल
रुपन्देही तिलोत्तमा नगरपालिकामा निमार्णाधिन एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु हुने भएको छ ।
फ्लड लाइटका आवश्यक सामाग्री मैदानमा आइसकेको र शनिवार जडानका काम सुरु गर्ने शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरि जनाइएको छ ।
अष्ट्रेलियमा बस्दै आएका एक्ट्राटेकका प्रबन्ध निर्देशक विनोद कुँवरको एकल लगानीमा गत वर्ष जेठ २९ गते सिलान्यास गरी निर्माण सुरु गरिएको रंगशाला फ्लड लाइट जडान गरिने नेपालको पहिलो क्रिकेट मैदान बन्ने भएको छ ।
मैदानको सिलान्यास गरेको ९ महिनामा पिच तयार गर्दै क्रिकेट खेल्न मिल्ने मैदान निर्माण गरि फागुन २८ गते मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना भएको थियो ।
नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा ओवलका डाइरेक्टर कुँवरले नेपाली क्रिकेटका लागि निकै महत्ववपूर्ण पहिलो काम गरिएको बताउँदै अबको एक महिनाभित्र फल्ड लाईटपूर्ण रुपमा जडान भै डे नाईट म्याच खेलाउन सकिने अवस्थामा निमार्ण हुने बताए ।
‘एक महिनाभित्र लाइट जडान र परीक्षण गर्ने लक्ष्य छ,’ उनले भने, ‘एक्ट्राटेक ओभल फ्लडलाइट जडान भएको पहिलो क्रिकेट मैदान हुनेछ ।’
कुँवरले स्टेडियम सिलान्यासपछि निर्माणको सन्दर्भमा फेरि निकै महत्वपूर्ण चरणमा आईपुगेका उल्लेख गर्दै स्टेडियममा फ्लड लाइट जडानको काम नेपाली क्रिकेटका लागि पहिलो हुने जनाएका छन् ।
कुँवरले भने-‘अबको एक महिनाभित्र फ्लड लाईटपूर्ण रुपमा जडान भै डे नाईट म्याच खेलाउन सकिने छ ।’ नेपालका लागि नयाँ काम भएका कारण यो अन्तराष्ट्रिय मापदण्ड अनुसार तयार गर्न निकै मेहेनत गर्नु पर्ने अवस्था रहेको उनले बताए । फ्लड लाइटको लागत करिब ७ करोड रहेको उनले जनाइएको छ ।
फ्लड लाइट जडानको काम सकिएपछि प्यारापिट निर्माणको कामलाई तीब्रताका साथ अघि बढाउने कुँवरको योजना रहेको छ । मैदानका फ्लड लाइटको कामसंगै अन्य भौतिक संरचना निर्माणको काम पनि अघि बढिरहेको छ ।
मैदानमा भिआइपी बक्स, प्लेयर बक्स, चेञ्जिंग रुम र मिडिया बक्ससहितको चार–चार तलाको २ वटा भवन बनिरहेको छ ।
जसमा अहिले तेस्रो तलाको काम भैरहेको छ, तत्काल कुनै प्रतियोगिता आयोजना भए भिआईपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा पुगेको छ ।
मैदानको उद्घाटन गरिएपछि गत फागुनदेखि आजसम्म सो मैदानमा एक सय भन्दा बढी खेल भैसकेका छन् । सोहि मैदानमा नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले अभ्यास समेत गरेक थिए । स्थानिय क्लब तथा भारतबाट पनि केही क्लब स्तरीय टिम आएर यहाँ आएर खेलेको पनि कुँवरले बताए ।
लगानीकर्ता कुँवरले पहिलो वर्ष क्रिकेट मैदान, पिचसंग सम्बन्धित कामसहित ५ हजार दर्शक क्षमताको रंगशाला बनाउने योजना गरेका थिए तर नेपालमा डे नाइट क्रिकेट खेलाउने अवस्था नभएको देखेर उनले प्यारापिटको कामलाई पछाडि धकेलेर फ्लड लाइटको काम अगाडि बढाएको बताएका छन् ।
उनले प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता बढाउँदै लगेर आगामी ४ वर्षभित्र रंगशालालाई २५ हजार दर्शक क्षमताको बनाइने लक्ष्य राखेका छन् ।
रंगशाला निमार्णको सुरुवाती काममा आफै खटेका कुवँर फ्लड लाइटको जडानमा पनि आफै खटेर गर्ने योजना सहित अष्ट्रेलियाबाट एक हप्ता अगाडि नेपाल आएका हुन् ।
नेपाल बसाईका क्रममा उनले प्रधानमन्त्री, अर्थमन्त्री, नेपाल क्रिकेट संघका पदाधिकारीसंग पनि भेटगरि छलफल गरेको जनाएका छन् ।
गुल्मी घर भै अष्ट्रेलियामा बस्दै आएका विनोद कुँवर र उनकी श्रीमती सुदीक्षा गौतमले निजी लगानीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउछु भन्दै गर्दा धेरैलाई पत्यार लागेकै थिएन तर अहिले पौने ५ विघा जग्गामा २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशालासहित एकेडमीका भवन निमार्ण भैरहेको अवस्थाले आशंका पुर्याइदिएको छ ।
April 25, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) एक महिना नाघेको छ। सहभागी टोलीले दोस्रो रिटर्न लेग खेल्न थालेका छन्। त्यसैले कुनै पनि टोलीलाई अहिल्यै आइपिएलबाट बाहिर भन्नु धेरै चाँडो हुन्छ। यहाँसम्म कि पुछारमा रहेका दुई टोली चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादले पनि यदि अब बाँकी रहेका सबै ६ खेल जिते भने प्लेअफ पुग्न सक्छन्। यस्तो […]
April 24, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले राजस्थान रोयल्सलाई ११ रनले हराएको छ। जितको लागि २ सय ६ रनको चुनौति राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९४ रनमा अल आउट भयो। ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि ५२ रनको साझेदारी गरे। वैभव १६ रनमा आउट भए। […]
April 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरू (आरसिबी) ले राजस्थान रोयल्सलाई जितको लागि २ सय ६ रनको चुनौति दिएको छ। राजस्थानले टस जित्दै आरसिबीलाई पहिले ब्याटिङको लागि उतार्यो। आरसिबीले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो। ओपनर फिल साल्ट र विराट कोहलीले पहिलो विकेटको लागि ६१ रनको साझेदारी […]