3 months ago
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला टोलीकी अलराउण्डर पूजा महतोले यामाह स्कुटर जितेकी छिन् ।
त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम दिन उत्कृष्ट नेपाली खेलाडीले पाउने यामाह स्कुटर पूजाले प्राप्त गरेकी हुन् । पूजाले सिरिजका ६ खेलमा १ सय ३४ रन बनाउनुका साथै ३ विकेट लिइन् ।
पूजाले नेदरल्याण्ड्सविरुद्धको खेलमा नट आउट अर्धशतक प्रहार गरेकी थिइन् । उनी नेपालको लागि सबै बढी रन लिने खेलाडी र सर्वाधिक विकेट लिनेको सुचीमा चौथो स्थानमा छिन् ।
सिरिज खेलेको ६ मध्ये ५ खेलमा जित हात पारेर थाइल्याण्ड विजेता बनेको थियो । तीन टोली सहभागी सिरिजमा नेपाल भने तेस्रो भएको थियो ।
सिरिजको सर्वोत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिप्चा पुत्थावोंग भइन् । उनले सिरिजका ६ खेलमा १६ विकेट लिएकी थिइन् ।
May 2, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुकरात टाइटन्सले सनराइजर्स हैदरबादलाई जितको लागि २ सय २ २५ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस जितेर सनराइजर्सले गुजरातलाई पहिले ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले पहिलो विकेटको लागि […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको छ। आइसिसी क्रिकेट वल्ड कप लिग-टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ। ‘राइनोज टुर अफ यूके’ नाम दिइएको यो भ्रमणमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग […]
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]