2 hours ago
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि जितेको छ ।
अन्तिम खेलमा शुक्रवार नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्याण्डले सिरिजको जितेको छ । सिरिजमा खेलेको ६ मध्ये ५ खेलमा जित हात पार्दै १० अंकका साथ थाइल्याण्ड च्याम्पियन बन्यो । नेपालले सिरिजमा सबै ६ खेल हार्यो ।
८२ रनको सामान्य लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डको जितमा कप्तान नारुइमोल चाइवाईले नट आउट रहँदै सर्वाधिक २७ रन जोडिन् । नान्नापत खोन्चरोएन्कले ३२ बलमा २३ रन बनाइन् ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्यो ।
नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् । कविता जोशीले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन बनाइन् । कप्तान इन्दु बर्माले १० रनमा आउट हुँदा राजमती ऐरी ११ रनमा नट आउट रहिन् ।
थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ३, चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान १ विकेट लिइन् । सिरिजमा नेपाल, थाइल्याण्डसहित नेदरल्याण्ड्सको सहभागिता थियो ।नेदरल्याण्ड्स ८ अंकका साथ दोस्रो भयो ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला टोलीकी अलराउण्डर पूजा महतोले यामाह स्कुटर जितेकी छिन् । त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम दिन उत्कृष्ट नेपाली खेलाडीले पाउने यामाह स्कुटर पूजाले प्राप्त गरेकी हुन् । पूजाले सिरिजका ६ खेलमा १ सय ३४ रन बनाउनुका साथै ३ विकेट लिइन् । पूजाले नेदरल्याण्ड्सविरुद्धको खेलमा नट आउट अर्धशतक प्रहार गरेकी थिइन् […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपाल सामान्य योगफलमा समेटिएको थियो । जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्न सक्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ । कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् । नेपाली टोलीमा २ परिवर्तन भएको छ । बुधवार नेदरल्याण्ड्ससँगको खेलमा टिममा रहेकी ममता चौधरी र रोमा थापा बेन्चमा रहेका छन् । यस खेलमा […]