3 months ago
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि सम्भावना कायमै राखेको छ ।
नेदरल्याण्ड्सले बिहीवार थाइल्याण्डलाई रोमान्चक खेलमा १ विकेटले हराएको छ । १ सय १० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो ।
नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले ४२ बलमा २ चौका प्रहार गरिन् । रोबिन रिकेले २१ बलमा १ चौकाको सहयोगमा २० रन बनाइन् । स्टेर कालिसले १२ बलमा १४ रन जोडिन् ।
त्यसअघि कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रनको मध्यम योगफल तयार गर्यो ।
थाइल्याण्डका लागि नान्नाफाट चैहान नट आउट रहँदै सर्वाधिक ३६ रन बनाइन् । उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् ।
पाँचौ विकेटका लागि चैहान र चानिदा सुत्थिरुआंगले ६६ रनको साझेदारी गरेका थिए । सुत्थिरुआंगले २८ बलमा ४ चौकाको सहयोगमा ३२ रन जोडिन् । कप्तान नारुइमोल चाइवाईले २६ बलमा १५ रन जोड्दा सुवानान खियाओतोले नट आउट १० रन बनाइन् ।
थाइल्याण्डले पछिल्लो ५ ओभरमा ४६ रन जोडेको थियो । नेदरल्याण्ड्सका लागि आइरिस विलिङले ३ र हेटर सिगर्सले २ विकेट लिइन् ।
नेदरल्याण्ड्सलाई भने उपाधि सम्भावना कायमै राख्न यो खेलमा जित अत्यावश्यक थियाे । नेदरल्याण्ड्सले जारी सिरिजमा थाइल्याण्डलाइ पहिलाे पटक पराजित गरेकाे हाे ।
आजको नतिजापछि नेदरल्याण्ड्स र थाइल्याण्ड दुवैको उपाधि सम्भावना कायमै रहेको छ । नेदरल्याण्ड्सले उपाधि जित्न शुक्रवार नेपालले थाइल्याण्डलाई फराकिलो रुपमा हराउनु पर्ने हुन्छ ।
त्यो खेलमा नेपाल सामान्य अन्तरले पराजित भएमा थाइल्याण्डले उपाधि जित्नेछ । सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् ।
अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । सिरिजको अन्तिम खेल शुक्रवार नेपाल र थाइल्याण्डबिच हुनेछ।
May 2, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुकरात टाइटन्सले सनराइजर्स हैदरबादलाई जितको लागि २ सय २ २५ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस जितेर सनराइजर्सले गुजरातलाई पहिले ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले पहिलो विकेटको लागि […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको छ। आइसिसी क्रिकेट वल्ड कप लिग-टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ। ‘राइनोज टुर अफ यूके’ नाम दिइएको यो भ्रमणमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग […]
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]