default_image

1 month ago

February 6, 2025

अर्जुन ट्रफी – सलाउद्दिनको ५ विकेटमा दशरथको जित

438 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सलाउद्दिन खानको ५ विकेट सहयोगमा दशरथ चन्द क्रिकेट एकेडेमीले धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा जित हासिल गरेको छ ।

बिहीवारको पहिलो खेलमा दशरथले क्रिकेट एक्सिलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई १६ रनले पराजित गरेको छ । दशरथले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सिइसी १९.४ ओभरमा १ सय ४४ रनमा समेटियो ।

सिइसीका लागि राज शाहले नट आउट रहँदै सर्वाधिक ३३ रन जोडे । उनले ३३ बलमा ४ चौका प्रहार गरे । ओपनर दीपेन्द्र रावतले २० बलमा ४ चौका र २ छक्काको सहयोगमा ३२ रन जोडे । शुभ कसांकारले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन जोडे ।

कप्तान नन्दन यादवले १५ बलमा २ छक्काको सहयोगमा २० रन जोडे । सचिन लेखकले ११ बलमा १३ रन जोडे । दशरथका लागि सलाउद्दिनले ३.४ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिए । दीवान पुनले ३ तथा रुपेश सिंहले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दशरथले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रनको योगफल बनाएको थियो । दशरथका लागि दिवान पुनले सर्वाधिक ४३ रन जोडे । उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए । बसन्त खत्रीले २७ बलमा ३ चौकाको सहयोगमा ३२ रन जोडेका थिए ।

अमरसिंह राउटेलाले १५ बलमा ५ चौका र १ छक्काको सहयोगमा २९ रन जोडेका थिए । ओपनर खडक बोहोरा १० रनमा आउट हुँदा रुपेश सिंह ४ रनमा नट आउट रहे ।

सिइसीका लागि सुर्य तामाङ र दीपेन्द्र रावतले समान २ तथा राज साह, युनिसविक्रम सिंह र कप्तान नन्दन यादवले समान १ विकेट लिए । जितसँगै दशरथले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ ।

सिइसीको हारसँगै सेमिफाइनल सम्भावना सकिएको छ । यस समूहबाट सिवाइसि अत्तरिया भने एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको छ । यस समूह बी बाट सेमिफाइनल पुग्ने टोलीको भने शुक्रवार स्थान पक्का हुनेछ ।

आजै हुने दोस्रो खेलमा फ्रेन्डस थुथ क्लब डडेलधुरा र घोडाघोडी११ का बीचमा खेल हुदैछ । डडेलधुरा सेमिफाइनलमा स्थान बनाईसकेको छ । घोडाघोडी भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा देशभरका ८ वटा क्लबको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा प्रतियोगिता भईरहेको छ ।

प्रतियोगिताको समुह ‘ए’ मा डिसिए धनगढी, फ्रेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ र बोष्टन क्रिकेट झापा रहेका छन् ।

यस्तै समुह ‘बी’ मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.