1 month ago
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ ।
मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।
धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १ सय ३८ रन मात्रै बनाउन सक्यो । झापाका लागि दिपु भुजेलले सर्वाधिक २८ रन बनाए ।
रोहन विक र अरुण ऐरीले समान २६ रन बनाए । रमेश भट्ट २५ रनमा आउट हुँदा कप्तान अभिनास सिंह १३ रनमा नट आउट रहे । डिसिएका लागि कप्तान नारायण जोशी र राहुल भण्डारीले समान २ तथा भोजराज भट्टले १ विकेट लिए ।
त्यसअघि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । डिसिएका लागि ओपनर लोकेश बमले सर्वाधिक ५७ रन जोडे ।
उनले ३६ बल ३ चौका र ४ छक्का प्रहार गरे । अमित श्रेष्ठ २५ तथा मिलन बोहोरा १८ रनमा आउट भए । बोष्टन झापाका लागि पवन कार्की, अभिषेक कार्की र रोशन शाहले समान २ तथा रुसिल रिमालले १ विकेट लिए ।
जितपछि ३ खेलमा ४ अंक बनाएको धनगढी समुह ए मा दोस्रो स्थानमा रहेको छ । २ खेलमा अपराजित सिवाईसी अत्तरिया ४ अंक सहित समुह ए को शिर्षस्थानमा छ ।
पराजित वोष्टन २ खेलमा अंकबिहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । आजै भएको पहिलो खेलमा न्यु होराजन बुटवलले दशरथ चन्द एकेडेमी बैतडीलाई पराजित गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा देशभरका ८ वटा क्लबको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा प्रतियोगिता भईरहेको छ ।
प्रतियोगिताको समुह ‘ए’ मा डिसिए धनगढी, फ्रेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ र बोष्टन क्रिकेट झापा रहेका छन् ।
यस्तै समुह ‘बी’ मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]