default_image

1 month ago

February 4, 2025

अर्जुन ट्रफी – न्यु होराइजनको विजयी सुरुवात

355 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ ।

मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमीलाई ५१ रनले पराजित गर्यो । होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो ।

दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० रन जोडे । उनले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे । हिमाल दुलियाले २२ बलमा १९ तथा सुमित बडालले १३ बलमा १४ रन जोडिन् । दिवान पुनले ७ बलमा १२ रन जोड्दा अन्य ब्याटरले दोहारो अंकमा रन बनाउँन सकेनन् ।

तुलबहादुर थापाले ३, विपर्सन केसी र वीर मगरले समान २ तथा महेश भार, सिद्धान्त शाही र निर्मल गुरुङ समान १ विकेट लिइन् । त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको होराइजनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार गरेको थियो ।

होराईजनका लागि दिपक डुम्रेले सर्वाधिक ४५ रन जोडे । उनले ४४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आरिफ खानले २५ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४१ रन जोडे । कप्तान दिलिप नाथ र प्रतिक श्रेष्ठले समान २० रन जोडे ।

दशरथका लागि कप्तान भुवन कार्कीले २ तथा खडक बोहोरा, सलाउदिन खान र रुपेश सिंहले समान १ विकेट लिइन् । आजै हुने दोस्रो खेलमा बोस्टन एकेडेमी झापा र धनगढी क्रिकेट एकेडेमी(डिसीए) बीच खेल हुदैछ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.