1 month ago
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले थाइल्याण्डविरुद्ध टस हारेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा थाइल्याण्डकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिईन् । नेपाली टोलीमा २ परिवर्तन भएको छ ।
गत आइतवार नेदरल्याण्ड्सविरुद्ध खेलेको नेपाली टोलीमा रहेकी रेवती धामी र सिता राना मगर बेन्चमा रहेका छन् । थाईल्याण्डविरुद्धको खेलका लागि रोमा थापा र रचना चौधरीले मौका पाएकी छिन् ।
रचना शनिवार थाइल्याण्डसँगको खेलमा घाइते भएकी कविता कुँवरको स्थानमा टिममा थपिएकी थिइन् । रचनाले नेपाली सिनियर महिला टोलीबाट डेब्यु समेत गरेकी हुन् ।
नेपाल अहिले सम्म खेलेको सबै ३ खेलमा पराजित भएको छ । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।
थाइल्याण्ड भने सिरिजमा खेलेका सबै ३ खेलमा अपराजित छ । पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो । सिरिजमा नेपाल र थाइल्याण्ड दोस्रो पटक आमने सामने हुदैछन् ।
पहिलो भेटमा थाइल्याण्डले नेपाललाई ४ विकेटले पराजित गरेको थियो । नेपालले दिएको १ सय २ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
यसअघि भएकाे नेपाल र थाइल्याण्डबिच को ४ वटा टि ट्वान्टी आई खेलमा नेपाल सबैमा पराजित भएको थियो ।
नेपालको प्लेईङ-११
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव र रचना चाैधरी
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]