default_image

1 month ago

February 3, 2025

वान डे र फरेभरको विजयी सुरुवात

164 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – वान डे क्रिकेट एकेडेमी र फरेभर क्रिकेट व्बाईज क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेटको काठमाडौं जिल्ला छनोटमा विजयी सुरुवात गरेका छन् ।

सोमबार मुलपानी क्रिकेट मैदानमा वान डेले हिमालयन क्रिकेट एकेडेमी ‘बी’लाई ५७ रनले पराजित गर्यो । सोमवारको पहिलो खेलमा वान डेले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य पछ्याएको हिमालयन १३ ओभरमा ६६ रनमै समेटियो ।

हिमालयनका लागि अभिषेक बुढाऐरले २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

वान डेका लागि प्लेयर अफ द म्याच समेत भएका मणी गैरेले ५ विकेट लिए । विकल्प थापाले २ र भुपेश्वर महतोले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वान डेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रनको योगफल तयार पारेको थियो । वान डेका लागि विश्वास खत्रीले २९, निरज ओलीले २५ र भुपेश्वर महतोले १३ रन बनाए ।

हिमालयनका लागि सुमन विश्वकर्माले ४ र आदित्य थापाले २ विकेट लिए ।

सोमबारै भएको दोस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा फरेभरले नेक्सस क्रिकेट एकेडेमीविरुद्ध ५ विकेटको जित दर्ता गर्यो ।

नेक्ससले दिएको १ सय १२ रनको लक्ष्य फरेभरले १७.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । फरेभरका लागि जतिन थापाले सर्वाधिक २७ रन जोडे । प्लेयर अफ द म्याच अजय नकर्मीले २५ बलमा २२ तथा कृष्ण भट्टले १४ बलमा नट आउट १२ रन जोडे

नेक्ससका लागि विप्लव फुयाँलले २ तथा सुरज राई र सुयोग दाहालले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ११ रन जोडेको थियो ।

नेक्ससका लागि मोहम्मद दिलसाद आलमले ६१ बलमा नट आउट रहँदै सर्वाधिक ६३ रन जोडे । अनिल कुमार यादवले ११ बलमा १६ तथा कासिफ समादले १० रन जोडे । फरेभरका लागि अजय र पंकज पन्तले समान २ तथा लक्ष्मण कार्कीले १ विकेट लिए ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.