1 month ago
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत आफ्नो तेस्रो खेलमा थाइल्याण्ड नेदरल्याण्ड्सविरुद्ध सस्तैमा समेटिएको छ ।
जारी खेलमा थाल्याण्डले नेदरल्याण्ड्सलाई ८७ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरको १ बल रहँदै अल आउट हुदै ८६ रनमा समेटियो ।
थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । फन्नीता मायाले ३१ बलमा १२ रन जोडिन् । थाइल्याण्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेदरल्याण्ड्सका लागि आइरिस विलिङ, इभा लिच, सिल्भर सिर्गेसले समान २ तथा इसा बेल भान डरले १ विकेट लिइन् । सिरिजमा थाइल्याण्ड लगातार दोस्रो जितको खोजीमा छ । थाइल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्स तथा दोस्रो खेलमा घरेलु टोली नेपाललाई पराजित गरेको थियो ।
नेदरल्याण्ड्स भने तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । नेदरल्याणड्सले जितेको दुवै खेलमा घरेलु टोली नेपाललाई पराजित गरेको थियो । सिरिजमा नेदरल्याण्ड्स र थाइल्याण्ड दोस्रो पटक आमने सामने हुदै छन् । पहिलो भेटमा थाइल्याण्डले ८ विकेटको सानदार जित हासिल गरेको थियो ।
महिला टि ट्वान्टी आई वरियतामा थाइल्याण्ड १३औं, नेदरल्याण्ड्स १६औं र नेपाल २०औं स्थानमा छ ।
सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले चौथो खेलमा मंगलवार थाइल्याण्डसँग खेल्नेछ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]