1 month ago
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला टोलीकी कप्तान पूजा महतो यु १९ विश्व कपको टिम अफ द टुर्नामेन्टमा पर्न सफल भएकी छिन् ।
आइतवार सकिएको विश्व कपमा सहभागी खेलाडी मध्ये उत्कृष्ट १२ खेलाडीमा नेपालकी कप्तान पूजा परेकी हुन् । टोलीमा पर्ने एसोसिएट राष्ट्रको खेलाडीमा पूजा एक्ली हुन् । उनले विश्व कप ५ खेलमा २३.३३ को औसतमा ७० रन बनाएकी थिइन् ।
पूजाको नाममा ९ विकेट समेत रहेको छ । टिम अफ द टुर्नामेन्टमा भारतका ४, दक्षिण अफ्रिकाका ३, इङ्ग्ल्याण्डका २ तथा नेपाल, श्रीलंका र अस्ट्रेलियाका समान १ खेलाडी रहेका छन् ।
विश्व कपको उपाधि आइतवार भारतले जितेको थियो । भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरेको थियो । विश्व कपमा पहिलो पटक सहभागिता जनाएको नेपालले समूह चरणका ३ नै खेल गुमाएको थियो ।
प्लेअफमा भने नेपालले आयोजक मलेसियालाई पराजित गरेको थियो ।
टिम अफ द टुर्नामेन्ट :
जि त्रिसा (भारत), जेमा बोथा (दक्षिण अफ्रिका), डाभिना पेरिन (इंग्ल्यान्ड), जी कमलिनी (भारत), कामोम्ह ब्रे (अष्ट्रेलिया), पुजा महतो (नेपाल), कायला रेनेके (दक्षिण अफ्रिकी) (कप्तान), केटी जोन्स (विकेटकिपर) (इंग्ल्यान्ड), आयुषी शुक्ला (नेपाल), चामोदी प्रवोदा (श्रीलंका), वैष्णवी शर्मा (भारत), थावीसेंग निनी (दक्षिण अफ्रिका)
–दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरेको थियो हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]