1 month ago
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेदरल्याण्ड्स र थाइल्याण्डको खेल्दैछन् ।
खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सिरिजमा थाइल्याण्ड लगातार दोस्रो जितको खोजीमा छ । थाइल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्स तथा दोस्रो खेलमा घरेलु टोली नेपाललाई पराजित गरेको थियो ।
नेदरल्याण्ड्स भने तेस्राे खेलमा दाेस्राे जितकाे खाेजीमा रहेकाे छ । नेदरल्याणड्सले जितेको दुवै खेलमा घरेलु टोली नेपाललाई पराजित गरेको थियो । सिरिजमा नेदरल्याण्ड्स र थाइल्याण्ड दोस्रो पटक आमने सामने हुदै छन् । पहिलो भेटमा थाइल्याण्डले ८ विकेटको सानदार जित हासिल गरेको थियो ।
महिला टि ट्वान्टी आई वरियतामा थाइल्याण्ड १३औं, नेदरल्याण्ड्स १६औं र नेपाल २०औं स्थानमा छ ।
सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले चौथो खेलमा मंगलवार थाइल्याण्डसँग खेल्नेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]