4 hours ago
February 3, 2025
एजेन्सी – ओपनर अभिषेक शर्माको कीर्तिमानी शतक प्रेरित भारतले इङ्ग्ल्याण्डसँग जित हासिल गरेको छ ।
आइतवार राती भएको खेलमा भारतले इङ्ग्ल्याण्डमाथि १ सय ५० रनको फराकिलो जित हात पारेको हो । जितसँगै भारतले इङग्ल्याण्डविरुद्धको सिरिज ४-१ ले जितेको छ । रनको कीर्तिमानी इनिङ्सको मद्दतमा भारतले ९ विकेटको क्षतिमा २४७ रन बनाएको थियो।
भारततले दिएको २ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड १०.३ ओभरमा ९७ रनमा अलआउट भयो । इङेग्ल्याण्डका लागि ओपनर फिल साल्टले सर्वाधिक ५५ रन जोडे । उनले २३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।
जोकेब बेथहेलले १० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि मोहम्मद सामीले ३, अभिषेक शर्मा, वरुण चक्रवर्ती र शिभम दुवेले समान २ तथा रवि बिश्नाईले १ विकेट लिए ।
त्यसअघि मुम्बइस्थित वाङ्खडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रनको विशाल योगफल तयार गरेको थियो । भारतका लागि अभिषेकले सर्वाधिक १ सय ३५ रन जोडे । उनले ५४ बलमा ७ चौका र १३ छक्का प्रहार गरे ।
अभिषेकले टि ट्वान्टी आई करियरको दोस्रो शतक ३७ बलमा पूरा गरेका थिए । यो भारतका लागि दोस्रो कम बलमा बनेको शतक हो । यसअघि रोहित शर्माले श्रीलंकाविरुद्ध ३५ बलमा शतक पूरा गरेका थिए ।
अभिषेकले बनाएको १ सय ३५ रन टि ट्वान्टी आईमा कुनै पनि भारतीयले बनाएको सर्वाधिक व्यक्तिगत उच्च स्कोर हो । यसअघि शुभमन गिलको नाममा यो कीर्तिमान रहेको थियो ।
अर्का ओपनर सञ्जु स्यामसन १६ रनमा आउट हुँदा अभिषेक र तिलक बर्माले दोस्रो विकेटका लागि १ सय १५ रनको शतकीय साझेदारी गरे । तिलकले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन जोडे ।
शिवम दुवेले १३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए । हार्दिक पाण्ड्या र रिंकु सिंह समान ९ रनमा आउट हँदा अक्षर पटेलले १५ रन जोडे । इङ्ग्ल्याण्डका लागि बायडेन कार्सले ३, मार्क वुडले २ तथा जोफ्रा आर्चर, जेमी ओभरटर्न र आदिल राशिदले समान १ विकेट लिए ।
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला टोलीकी कप्तान पूजा महतो यु १९ विश्व कपको टिम अफ द टुर्नामेन्टमा अटाएकी छिन् । आइतवार सकिएको विश्व कपमा सहभागी खेलाडी मध्ये उत्कृष्ट १२ खेलाडीमा नेपालकी कप्तान पूजा परेकी हुन् । टोलीमा पर्ने एसोसिएट राष्ट्रको खेलाडीमा पूजा एक्ली हुन् । उनले विश्व कप ५ खेलमा २३.३३ को औसतमा ७० रन […]
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आफ्नो चौथो खेलमा नेदरल्याण्ड्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेदरल्याण्ड्सकी कप्तानले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा थाइल्याण्ड लगातार दोस्रो जितको खोजीमा छ । थाइल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्स तथा दोस्रो खेलमा घरेलु टोली नेपाललाई पराजित गरेको थियो । नेदरल्याण्ड्स भने तेस्राे खेलमा […]
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेदरल्याण्ड्स र थाइल्याण्डको खेल्दैछन् । खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सिरिजमा थाइल्याण्ड लगातार दोस्रो जितको खोजीमा छ । थाइल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्स तथा दोस्रो खेलमा घरेलु टोली नेपाललाई पराजित गरेको थियो । नेदरल्याण्ड्स भने तेस्राे खेलमा दाेस्राे जितकाे खाेजीमा […]