default_image

2 hours ago

February 2, 2025

लेवान्डोव्स्कीको गोलमा बार्सिलोनाको जित

7 views

0 Bookmark

एजेन्सी – रोबर्ट लेवान्डोव्स्कीले निर्णायक गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा जित हात पारेको छ ।

आइतवार भएको खेलमा बार्सिलोनाले अलाभेसलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनाको जितमा लेवान्डोव्स्कीले ६१औं गरेको गोल नै निर्णायक रह्यो ।

जितसँगै बार्सिलोना २२ खेलमा ४५ अंकका साथ तेस्रो स्थानमा छ । बार्सिलोनाले लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिडसँग चार अंकको दूरी रहेको छ ।

दोस्रो स्थानको एट्लेटिको मड्रिडको २२ खेलमा ४८ अंक रहेको छ। पराजित अलाभेस २२ खेलमा २१ अंकका साथ रेलिगेसन जोनमा छ ।

February 2, 2025

यु १९ महिला विश्व कप – भारत दोस्रो पटक च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार दोस्रो पटक आइसिसी यु-१९ महिला टि ट्वान्टी विश्व कपको च्याम्पियन बनेको छ । आइतबार मलेसियाको बायोमास ओभलमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकामाथि भारतले ९ विकेटको सहज जित निकालेको हो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि […]

February 2, 2025

ग्रेट हिमालयनको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित निकालेको छ । दोस्रो खेलमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा ग्रेट हिमालयले एन्जल्स स्पोर्टस् एकेडेमीलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्यो । पहिलो खेलमा ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई हराएको थियो । ग्रेट हिमालयले दिएको […]

February 2, 2025

अर्जुन ट्रफी – धनगढीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी(डिसिए) ले पहिलो जित हात पारेको छ । दोस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा डिसिएले सुर्खेतको घोडाघोडी-११ लाई ६९ रनले पराजित गर्यो । डिसिएले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको घोडाघोडी १६.५ ओभरमा ८० रनमा समेटियो । घोडाघोडीका लागि टेक रावतले १८ […]

Success

Thank you for your time.