1 hour ago
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित निकालेको छ ।
दोस्रो खेलमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा ग्रेट हिमालयले एन्जल्स स्पोर्टस् एकेडेमीलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्यो ।
पहिलो खेलमा ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई हराएको थियो ।
ग्रेट हिमालयले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको एन्जल्स १८.२ ओभरमा ४८ रनमै समेटियो । एन्जर्सका लागि लक्ष्मन कुँवरले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
ग्रेट हिमालयका लागि सवालप्रसाद अधिकारी र दर्शिल विष्टले समान ३ तथा इशान पाण्डेले २ विकेट लिए ।
त्यसअघि टस जिते ब्याटिङ रोजेको ग्रेट हिमालयले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १२ रनको योगफल तयार पारेको थियो ।
ग्रेट हिमालयका लागि खेलको प्लेयर अफ द म्याच समेत भएका इशान पाण्डेले ३१, साजन बैथले २२ र प्रकाश थापाले नट आउट १४ रन बनाए ।
एन्जल्सका लागि उपेन्द्र खत्री र सुजन दाहालले समान २ तथा रतन रौनियारले १ विकेट लिए ।
आइतबारै सम्पन्न पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमी ‘ए’ ले बालुवाटार क्रिकेट क्लबविरुद्ध ९ रनको जित निकाल्यो ।
हिमालयनले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको बालुवाटारले निर्धारित २० ओभरमा ९ विकेट १ सय ३ रन मात्र बनाउँन सक्यो ।
बालुवाटारका लागि प्रसिद्ध जैशीले सर्वाधिक २७ रन जोडे । सुजल खड्गी १८ तथा निश्चल भट्टराई १६ रनमा आउट भए ।
हिमालयनका लागि प्रमिस पोखरेलले २ तथा सुलभ न्यौपाने र जैयन्द्र बिष्टले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हिमालयनले २० ओभरमा ५ विकेट गुमाएर १ सय १२ रन बनायो ।
हिमालयनका लागि प्लेयर अफ द म्याच समेत भएका दिपक बोहोराले सर्वाधिक ४१ रन जोडे । किरन दौलियाले ४० तथा विशाल पटेलले १४ रन जोडे ।
बालुवाटारका लागि प्रतिक पण्डितले ४ तथा प्रसिद्ध जैशीले १ विकेट लिए ।
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार दोस्रो पटक आइसिसी यु-१९ महिला टि ट्वान्टी विश्व कपको च्याम्पियन बनेको छ । आइतबार मलेसियाको बायोमास ओभलमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकामाथि भारतले ९ विकेटको सहज जित निकालेको हो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि […]
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी(डिसिए) ले पहिलो जित हात पारेको छ । दोस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा डिसिएले सुर्खेतको घोडाघोडी-११ लाई ६९ रनले पराजित गर्यो । डिसिएले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको घोडाघोडी १६.५ ओभरमा ८० रनमा समेटियो । घोडाघोडीका लागि टेक रावतले १८ […]
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सिता राना मगरको कीर्तिमानी व्यक्तिगत उत्कृष्ट बलिङ बाबजुत नेपाल लगातार तेस्रो खेलमा पनि पराजित भएको छ । नेपालले सिरिजमा लगातार तेस्रो खेलमा हार बेहोर्ने क्रममा आइतवार नेदरल्याण्ड्ससँग १५ रनले पराजित भयो । नेपालले बिहीवार पनि नेदरल्याण्ड्ससँग हार बेहोरेको थियो । आज १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै […]