default_image

1 month ago

February 2, 2025

भीमको अर्धशतकमा अत्तरीयाको विजयी सुरुवात

1281 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको अर्धशतकमा सिवाईसी अत्तरियाले अर्जुन ट्रफीमा विजयी सुरुवात गरेको छ ।

अत्तरियाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको दशरथ चन्द एकेडेमी बैतडीलाई २० ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनायो । दशरथका लागि हिमाल दुलियाले सर्वाधिक ३९ रन जोडे । उनले ३३ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

बसन्त खत्रीले १४ बलमा २ छक्काको सहयोगमा २३ रन जोडे । सुमित बडालले ९ बलमा २ छक्काको सहयोगमा १८ रन जोडे । सलाउद्दिन खान तथा दिपक बोहोरा समान १० रनमा आउट भए ।

अत्तरियाका लागि विवेक यादवले ४, साहब आलम र कमल गुप्ताले समान २ तथा दिपेश कडेलले १ विकेट लिए । अर्जुन ट्रफीमा

त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

अत्तरियाका लागि भीमले नट आउट रहँदै सर्वाधिक ७० रन जोडे । उनले ३३ बलमा ६ चौका र ४ छक्काको प्रहार गरे ।

चौथो विकेटका लागि भीम र विवेक यादवले नट आउट १ सय रनको साझेदारी गरे । विवेकले १७ बलमा ३ चौकाको सहयोगमा नट आउट २५ रन जोडे ।

ओपनर तृत राज दासले ३४ बलमा ३० रन जोडे । अर्का ओपनर तथा कप्तान सन्तोष कार्कीले ६ तथा शंकर राना २५ रनमा आउट भए ।

दशरथका लागि अमरसिंह राउटेलाले २ तथा रुपेश सिंहले १ विकेट लिए ।

March 14, 2025

नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद)- युगाण्डामा जारी वुमेन्स डे कप टि ट्वान्टी आई सिरिजमा नेपालले हङकङविरुद्धको खेलमा टस हारेको छ । हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

Success

Thank you for your time.